रंगेलीलाई हराउँदै आयोजक प्रथम सुन्दरहरैँचा मेयरकपको सेमीफाइनलमा

  • १० बैशाख २०७८, शुक्रबार

मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताकाे शुक्रबार भएकोे खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गाेल प्रहार गर्दै सुन्दरहरैँचा नगरपालिकाकाे टिम सेमिफाईनलमा प्रवेश गरेकाे छ ।

सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा शुक्रबार भएको क्वाटरफाईन खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै सुन्दरहरैँचाले जित हात पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेल प्रतिस्पर्धात्मक हुने अासा गरिए पनि प्रतियाेगिताभर अायाेजक टिम हावी देखिएकाे थियाे ।

सुन्दरहरैँचाका लागि पहिलो हाफको साेह्राै मिनेटमा जर्सि नम्बर ६ न टिम क्याप्टेन काेमल खवासले पहिलाे गाेल हानेका थिए भने दाेश्राे हापकाे ६२ अाैँ मिनेटमा जर्सी नं १० विरेन्द्र लिम्बूले दाेश्राे गाेल प्रहार गरेका थिए भने जर्सि नं १५ प्रशान्त राईले तेश्राे गाेल हानेका थिए ।

शुक्रबारको खेलको म्यान अफ दी म्याच सुन्दरहरैँचाका का काेमल खवास घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत शनिबारको खेल अायाेजक पथरिशनिश्चरे र लेटाङबिच हुने आयोजकले जनाएकाे छ ।

विराटनगर महानगरपालिका सहित माेरङका विभिन्न ९ वटा टिमले प्रतियाेगितामा प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा विजेता टिमले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिए ।