नोबेलमा मोरङ ३ र ६ का जनताले साढे ७ सयमै गर्न पाउने भए पीसीआर टेष्ट

  • ११ बैशाख २०७८, शनिबार

नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७ सय ५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ ।

नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ ।

दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७ सय ५० रुपैयाँमै स्वाब संकलनसहित पीसीआर परीक्षण गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

मोरङ क्षेत्र नं.३ मा पथरीशनिश्चरे नगरपालिका वडा नं.१, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको वडा नं.४, ५, ६ र ७, बेलबारी नगरपालिकाको वडा नं.१, २, ३, ४, ८ ९, १० र ११ र सुन्दरहरैंचा नगरपालिकाको वडा नं.१, ८, ९, १०, ११ र १२ नम्बर वडा पर्छन् ।

त्यस्तै, मोरङ क्षेत्र नं.६ मा बुढिगंगा गाउँपालिकाका ७ वटै वडासहित सुन्दरहरैंचा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ र विराटनगर महानगर पालिकाको वडा नं. ४, ५, ६, ७, ११ र १२ समेटिएका छन् ।

सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । तर, मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाका सर्वसाधरणलाई भने नोबेलले बैशाखभर सरकारले तोकेको भन्दा १ हजार २ सय ५० रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने भएको हो ।