‍‍मोसु कतारको नयाँ समिति गठन, अध्यक्षमा भिम बराइली निर्वाचित 

सरोज बास्तोला

  • १८ बैशाख २०७८, शनिबार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण मोरङ सुनसरी सेवा समाज कतारले ‘भर्चुअल’ माध्यमबाटै १६ औ साधारणसभा सम्पन्न गरेको छ ।

मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा अप्रिल ३० का दिन साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सामाजिक अभियन्ता भिम बराइलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा नेत्र कुमार (नियम) भुजेल र लिलानाथ घिमिरे उपाध्यक्ष, भोला बस्नेत सचिव, पर्शुराम बन्जारा र अच्युत भट्टराई सह सचिव, शुष्मा खतिवडा कटुवाल कोषाध्यक्ष, योजना शर्मा थापा र भरत श्रेष्ठ सह-कोषाध्यक्ष छन् ।

नव गठित समितिका सदस्यहरुमा प्रेम बहादुर राई, बिरजंग थापा, सुनिता कोइराला अचार्य, सबिता दाहाल भट्टराई, गमला बस्नेत खतिवडा, पर्शुराम पोखरेल, गोबिन्द बिश्वकर्मा, जीवन याख्खा राई, मिना बिश्वकर्मा, मुना ढकाल, सुजन ढकाल र छत्रवहादुर विश्वकर्मा चयन भएका छन् ।

कार्यक्रममा मोरङ सुनसरी नेपालक अध्यक्ष लोक बहादुर तामाङ, मोसु कतारका संस्थापक महासचिव चानक पोखरेल, मोसु प्रवास समन्वय समितिका सयोजक बिनोद भट्टराई लगायत प्रवासमा रहेका सातै ओटा मोसु शाखाका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रमको सहजीकरण कुमार कार्कीले गरेका थिए । कार्यक्रममा तेज कट्वालले निर्वाचन समिति संयोजकको भुमिका निर्वाह गरेका थिए । मोसु सचिब भोला बस्नेतले कार्यक्रम संचालन गरेका थिए।