कांग्रेसले ७७ जिल्लामै संचालन गर्नेभो ‘गरिखाने कार्यक्रम’

  • ३१ श्रावण २०७८, आईतवार

  नेपाली कांग्रेस आवद्ध लगानी पूर्वाधार, रोजगार, दृष्टिकोण एवं दिगो बिकास बिशेष समितिले राजनितिकर्मी सहित सवै नागरिकलाई गरिखाने बनाउने उदेश्यले  ७७ वटै जिल्लामा ‘गरिखाने कार्यक्रम’ संचालन गर्ने भएको छ ।

ललितपुरको समिट होटलमा भएको राष्टिय स्तर कार्यशाला गाष्ठी कार्यक्रममा समितिका संयोजक लगायत सदस्यहरुले सो घोषणा गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापतिहरु एवम् पदाधिकारीहरु सहभागी भएको उक्त राष्टिय स्तरको कार्यक्रममा नेपाली कांग्रेस लगानी पूर्वाधार रोजगार दृष्टिकोण बिशेष समितिका संयोजक लगायत सदस्यहरुले अव सवैलाई उद्यम व्यवसायमा लगाएर खरीखाने बनाउने घोषणा गरेका हुन् ।

कार्यक्रममा विशेष समितिका संयोजक तथा सफल उद्यमी सांसद बिनोद चौधरीले कांग्रेसलाई बलियो बनाउन र सवै कांग्रेसजनहरुलाई सक्षम बनाउन अभियान चलाउन लागिएको बताए । उनले सवैलाई व्यवसायी बनाउने वताउँदै सवै राजनैतिककर्मीलाई सक्षम र सफल भए मात्र राजनिति प्रति सम्मान हुने वताए ।

स्वास्थ्य राज्य मन्त्री तथा विशेष समितिका सह संयोजक उमेश श्रेष्ठले सफल राष्ट्र बनाउन सवै नागरिकहरुलाई खरीखाने कार्यक्रममा जोड्ने वताए । पूर्व मन्त्री तथा संविधान सभा सदस्य बिशेष समितिका सह संयोजक दिपक खड्काले सवै नेता तथा कार्यकर्ताहरुलाई सक्षम बनाउन अव सवै जिल्लामा गरीखाने कार्यक्रम संचालन गर्ने वताए ।

पूर्व राज्य मंन्त्री तथा बिशेष समितिका सहसंयोजक इन्द्र बानियाले गरिखान चाहने सवैका लागि गरीखाने कार्यक्रमले सहयोग गर्ने वताए ।

    कार्यक्रममा बिशेष समितिका सदस्य जिप छिरिङ्ग लामा, नेपाली कांग्रेस तेह्थुम जिल्लाका सभापति गोविन्द्र ढुंगाना, संखुवासभाका सभापति दिपन श्रेष्ठ, ललितपुरका सभापति मदनमान अमात्य, डडेलधुराका सभापति कर्ण मल्ल, ओखलढुंगानका सभापति प्रदिप सुनुवार, खोटाङ्गका सभापति नरेश श्रेष्ठ,झापाका पूर्व उप सभापति देउमान थेवे, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, राजेश्वर वहादुर श्रेष्ठ लगायत ४९ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरु र पदाधिकारीहरुले गरिखाने खाने कार्यक्रममा संभावना र अवसर रहेकाले यसलाई सवै जिल्लामा कार्यन्वयन गर्नुपर्ने वताए ।
कार्यक्रममा गरिखाने कार्यक्रमका सिइओ योगराज कडेल शर्माले गरिखाने कार्यक्रमको वारेमा प्रस्तुती दिएका थिए ।