छोटो समयमा स्थापित बन्दै सहारा एप

  • ३१ श्रावण २०७८, आईतवार

सहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ ।

सहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढिरहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण सहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दाबी छ ।

बिजनेश ग्रोथ कम्पनि प्रालिले एप सञ्चालनमा ल्याएको एपबाट हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ ।  रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनिय सेवा पाउने र समयको बचत हुने अध्यक्ष श्रेष्ठले बताए  ।

एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि र कुशल व्यवस्थापक र उच्च प्राविधिले गर्दा जनमासमा बिश्वनियता दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
सहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहित आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए ।
साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् ।