केएमसीद्वारा ईमर्जेन्सी कक्षमा सुधार, सेवालाई सहज र स्तरीय बनाउन स्वयंसेवक परिचालन

  • ८ भाद्र २०७८, मंगलवार

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गर्दै छिटो, छरितो र प्रभावकारी बनाएको छ ।

बिरामीको सहजताका लागि आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंम्सेवक’ टिम परिचालन गरिएको छ । उनीहरुले बिरामी आईपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्याउने छन् । आकस्मिक अवस्थामा आएका बिरामीलाई सहज रुपमा आकस्मिक कक्षमा पुर्याउन अस्पतालको गेट अगाडि ट्रली, ह्वील चेयर र स्ट्रेचर तयारी अवस्थामा राखेर २४ सै घण्टा स्वयंम्सेवक खटाइएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

केएमसीका अध्यक्ष डा. सुनिल शर्माले ईमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन चासो देखाएपछि ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरी छिटो, छरितो र गुणस्तरीय बनाइएको हो ।

त्यस्तै केएमसीमा सोधपुछ कक्ष पनि स्थापना गरिएको छ । उपचार तथा अस्पतालसँग सम्बन्धित अन्य कामको जानकारी लिनका लागि सहजता प्रदान गर्न सोधपुछ कक्ष स्थापना गरिएको केएमसीले जनाएको छ ।

डा.शर्माको प्रवेशसँगै केएमसीले उपचारमा स्तरीयता तथा सेवा विस्तारमा तीव्रता दिँदै आएको छ ।