लोहन्द्रा र चिसाङ खोला ठेक्का नलगाउने बेलबारी नपाको  निर्णय, होला त कार्यान्वयन ?

  • १५ भाद्र २०७८, मंगलवार

यस बर्ष बेलबारीमा पर्ने लोहन्द्रा र चिसाङ खोलाबाट खोलाजन्य पदार्थ निकाल्न नपाईने भएको छ ।

खोला जमिनको सतहभन्दा तल गएको र बाढी आँउदा जोखिम बढी हुने भन्दै नगरपालिकाले यस बर्ष खोलाको ठेक्का रोक्ने निर्णय गरेको हो ।

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले यो बर्ष खोलाको ठेक्का नखुलाउने निर्णय भएको र गतबर्षको स्टक तुरुन्त बिक्री गर्न ठेकेदारहरुलाई निर्देशन दिइएको बताए । बेलबारी १ र बेलबारी ३ मा दुई ठाँउमा गिटी,बालुवा स्टक गरिएको छ ।