केएमसीमा रमाइ रमाइ नाचे महिला डाक्टर, नर्स तथा कर्मचारीहरु

  • २१ भाद्र २०७८, सोमबार

विरामीगरुको चेकजाँच तथा उपचारमा सधैं तल्लीन रहने महिला डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सोमबार रमाइ रमाइ नाचेका छन् ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार आयोहित हरितालिका तीज विशेष कार्यक्रममा अस्पतालको तीन सयभन्दा बढी महिला डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरु सहभागी भएका थिए । कार्यक्रममा डाक्टर, नर्स लगायत कर्मचारीहरुले विभिन्न तीज गीतमा नृत्य गरेर भरपुर मनोरञ्जन लिए ।

स्वास्थ्य सावधानी अपनाउँदै गरिएको कार्यक्रममा नाचगान लगायत शुभकामना आदान–प्रदान समेत गरिएको थियोे ।
कार्यक्रममा केएमसीका हस्पिटल डाइरेक्टर डा. सुमन कुमार श्रेष्ठ र जेनेरल मेनेजर नारायण दाहाल लगायतले सम्पूर्ण महिला डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तीजको शुभकामना दिएका थिए ।

आउँदो बिहिबार यसपालिको हरितालिका तीज परेको छ । तीज आउनुभन्दा हप्तौं अघिदेखि विभिन्न कार्यक्रम गरेर तिज मनाउने चलन बढ्दै गएको छ ।