पनौती र कोटेश्वरमा केएमसीले गर्यो नि:शुल्क स्वास्थ्य शिविर

  • १५ पुष २०७८, बिहीबार

काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कूलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ८ सय ९२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८७ जनाको रक्त परीक्षण र १ सय ६८ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

केएमसीले काभ्रेको पनौतीमा पनिसोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । जसमा १ हजार १ सय ७२ विरामीको निःशुल्क उपचार गरिएको थियो । केएमसीले लामो समयदेखि बिभिन्न जिल्लामा निरन्तर निःशुल्क शिविर सञ्चालन गरेर हजारौं विरामीको निःशुल्क उपचार गर्दै आएको छ ।