साली नदीमा केएमसीले सुरु गर्यो एक महिने निःशुल्क स्वास्थ्य शिविर

  • ९ माघ २०७८, आईतवार

काठमाडौंको शंकरापुर नगरपालिका ७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट शिविर सुरु गरेको हो ।

साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर एक महिनासम्म सञ्चालन हुँने केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, इसीजी लगायत सेवा निःशुल्क प्रदान गरिदैछ । विरामीको उपचारका लागि केएमसीका बिशेषज्ञ डाक्टरहरुको टोली शिविरमा खटिएको छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।