विद्यार्थी र अभिभावकको नि:शुल्क बैंक खाता र डिम्याट खाता खोलिदिँदै गुरुकुल

  • १६ फाल्गुन २०७८, सोमबार

मोरङको बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले बिद्यार्थी तथा अभिभावकहरुका लागि शेयर शिक्षा कार्यक्रम संचालन गरेको छ ।

कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई बैंक खाता र शेयर खाता खोल्न, आइपिओ सेयरमा आबेदन दिने प्रकिया सिकाउन र घरमै बसेर शेयर भर्न प्रेरित गर्न शेयर शिक्षा कार्यक्रम संचालन गरिएको प्रिन्सिपल कुमार खुलाले बताए ।

धितोपत्र बोर्डबाट स्वीकृत बिभिन्न कम्पनिहरुको प्राथमिक शेयरमा विद्यार्थी तथा अभिभावकहरुलाइ आवेदन दिन प्रेरित गर्न र बितिय साक्षरता अभिबद्दी गरी आर्थिक रुपमा टेवा पुर्याउने उद्देश्यले शेयर शिक्षा कार्यक्रम संचालन गरिएको प्रिन्सिपल खुलालले जानकारी दिए ।

कुमारी बैंक बेलबारी र एक्सल डेभेलपमेन्ट बैंक बेलबारीसँगको सहकार्यमा गुरुकुलका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुका लागि स्कुलले निशुल्क बैंक खाता, शेयर खाता तथा मेरो शेयर खाता खोल्ने ब्यबस्था मिलाएको छ । जसबाट हालसम्म करिब २ सय अभिभावक तथा विद्यार्थीहरु लाभान्वित भएका छन्।

बिभिन्न कम्पनिहरुको आइपिओ भर्न नजान्ने अभिभावकहरुलाई विद्यालयले विद्यालयमै बोलाएर आइपिओ आबेदन गर्न सहयोग गरिरहेको र शेयर शिक्षा जोडिने अभिभावकहरुको संख्या बढ्दै गएको प्रिन्सिपल खुलालले बताए ।

अभिभावक र विद्यार्थीका लागि शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्ने गुरुकुल पाठशाला नेपालमै पहिलो विद्यालय भएको स्कुलले दाबी गरेको छ।