गढीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

  • २३ फाल्गुन २०७८, सोमबार

सुनसरीको गढी गाउँपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गढी–२ स्थित सि.जि. फुड्स इन्डस्ट्रिज प्रा.लि.सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।

इन्डस्ट्रिज प्रा.लि.को प्राङ्गणमा सञ्चालित शिविरमा ७ सय ५३ जना बिरामीको लाभान्वित भएका छन् । उपचारका लागि शिविरमा आएका १ सय ७७ जनाको रक्त परीक्षण, १ सय १३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएका ३१ जनाको दाँत खोलिएको छ ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले केही बर्षयता पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।