सुरुङ्गामा नोबेलको स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामीको नि:शुल्क उपचार

  • २६ फाल्गुन २०७८, बिहीबार

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो ।
कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार १ हजार ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १ सय ८९ जनाको रक्त परीक्षण, १ सय ७८ जनाको भिडियो एक्सरे र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतमा समस्या भएका ३२ जनाको दाँत खोलिएको छ । शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ ।

नोबेलले शुक्रबार सुनसरीको गढी गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेर ७ सय ५३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।