लुम्बिनी परिषद कतारले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि दिनेभो १५ वटा ट्रली

दोहामा भब्य रूपमा मनाइयो २५६६ औं बुद्ध जयन्ती

  • ९ जेष्ठ २०७९, सोमबार

कतारमा मनाइयो २५६६ औं बुद्ध जयन्ती

सन्ध्या अर्याल
दोहा,कतार
हालसालै सन्चालनमा आएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि लुम्बिनी प्रदेश समन्वय परिषद कतारले १५ वटा ट्रली दिने भएको छ ।

लुम्बिनी प्रदेश समन्वय परिषद कतार र लुम्बिनी भरीका जिल्ला स्तरीय संस्थाहरुको संयुक्त आयोजनामा दोहामा २५६६ औं बुद्ध जयन्ती मनाउन आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा दिइने ट्रली खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेको र जेठको अन्तिम वा असारको पहिलो हप्ता भित्र कतारबाट ट्रली नेपाल पुग्ने लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख सल्लाहकार तथा ट्रली वितरण समितिका संयोजक ठाकुर कुमार परियारले जानकारी दिए ।

देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसङ्गै मध्यपुर्वी र मध्यपश्चिमका जनताले स्वदेशबाट विदेश जानकै लागि २/३ दिन अगाडि नै काठमाडौं जानुपर्ने बाध्यताबाट छुटकारा मिलेको र सोही खुशीयालीमा संस्थाले बिमानस्थलको लागि ट्रली दिने निर्णय गरिएको लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डेले बताए ।

दोहास्थित आभा मन्जु रेष्टुरेन्टमा आयोजित २५६६ औं बुद्ध जयन्ती मनाउने कार्यक्रममा उपस्थित ब्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व र संस्थाकै संरक्षक कमलमणि गुरागाईंको प्रमुख आतिथ्यता भएको बुद्ध जयन्ती समारोहको कार्यक्रममा उपस्थित सबैजसोले बुद्ध भुमिमा जन्मिएकोले मात्रै गर्व गर्नुभन्दा बुद्धले दिएका उपदेश, मुल मन्त्र र बुद्ध दर्शनलाई व्यवहारिक जीवनमा लागु गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश समन्वय परिषद कतारका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि कमलमणि गुरागाईले बुद्ध कुनै एक धर्म सङ्ग मात्रै नरही सारा जगतको प्रेरणाको स्रोत रहेको र उनले प्रतिपादन गरेका शान्ति र अहिंसाको मुल मन्त्र अहिलेको अवस्थामा विश्व जगतकै लागि अझै बढी आवश्यक रहेकोले बुद्ध दर्शनलाई सबैले अनुसरण गर्नुपर्ने बताए ।
त्यसै गरी अर्का वक्ता क्रान्ती सिंहले बुद्धको जन्म,जन्मस्थल उनले प्राप्त गरेका ज्ञान र समस्त मानव जगतले बुद्धको जिवनीबाट अवलम्बन गर्नुपर्ने बताए । कार्यक्रमका बक्ताहरुले भारतमा जन्मिएका हुन् भन्ने कुराको भ्रम हटाउनका लागि गैर आवासीय संघले विभिन्न खाले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको औंल्याए।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संरक्षक सदस्य क्रान्ति सिंह,के. बि हमाल र अर्जुन प्रसाद भट्टराई, प्रमुख सल्लाहकार, ठाकुर कुमार परियार,सल्लाहकारहरु केदारनाथ भुषाल, दिप जंग शाह, वसन्त थापा लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमको सहजीकरण परिषदका महासचिव टेकराज थापाले गरेका थिए।