दशैं तिहारपछि हुनेभो धनकुटा महोत्सव, अहिल्यैदेखि थालियो तयारी

  • १९ असार २०७९, आईतवार

‘ कृषि, पर्यटन, उद्योग र व्यापार समुन्नत धनकुटाको आधार’ भन्ने मुल नाराका साथ मंसिर दोस्रो सातादेखि धनकुटा महोत्सव, औद्योगिक मेला तथा कृषि प्रर्दशनी २०७९ हुने भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघको ंआयोजना एवम् संयोजन तथा धनकुटा जिल्लाका सात वटै स्थानीय तह र सरोकारवालाहरुको सहयोगमा आगामी मंसिर १६ गते देखि २६ गते सम्म धनकुटामा महोत्सव गर्ने निर्णय गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राइले जानकारी दिए ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको संयोजकत्वमा संयोजन तथा संचालन समिति गठन गरी धनकुटाका सात वटै पालिकाहरु र सरोकारवाला निकायहरुसंग समन्यव गरी सहकार्यका लागि छलफल तथा अन्र्तक्रिया कार्यक्रम र परियोजना प्रस्ताव पेश गर्ने निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम गोङ्वा तामाङ्गले वताए।

महोत्सवमा धनकुटाका सात वटै पालिकाको पहिचान झल्कने सामग्री र सात वटै पालिकामा उत्पादन हुने हस्तकला तथा घरेलु उद्योगका समग्रीहरु,कृषि उत्पादनका सामाग्री लगायत विभिन्न सामाग्रीको प्राथमिक्ताका साथ महोत्सवमा प्रर्दशन गरिने र सातवटै पालिकाका सवै जात जातिका कला संस्कृती पहिचान झल्कने गित तथा नृत्य सहित झाँकी प्रस्तुत गरिनुका साथै राष्टीय तथा अन्तराष्टिय कम्पनीहरुर उद्योगहरुले उत्पादन गरेका अति आर्कषक सामग्री र वस्तुहरु समेत राखिने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
यस पटकको धनकुटा महोत्सव तथा औद्योगिक मेला कृषि प्रर्दशनी भव्य र ऐतिहासिक बनाउनका लागि व्यापक तयारीमा जुट्न थालिएको धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग तामागले वताए ।

बैठकमा उपस्थित धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष खगेन्द्र विष्ट, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेवती अधिकारी, अम्विका धमला, शोभा श्रेष्ठ, रेजिना पलिखे, लिजा श्रेष्ठ, रिदम श्रेष्ठ, उज्वल कर्माचार्य, नगेन्द्र काफ्ले लगायतले महोत्सव सफल बनाउन सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।