धनकुटामा प्रदेश स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवको तयारी 

  • २८ मंसिर २०७९, बुधबार

धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटामा माघ पहिलो साता देखि प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ हुने भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको बैठकले आगामी माघ ६ गते देखि माघ १६ गते सम्म धनकुटाको टुडिखेलमा औद्योगिक व्यापार मेला कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव आयोजना गर्ने निर्णय गरेको महासचिव राम वहादुर गोङ्वा तामागले वताए ।
महोत्सवलाई भव्य रुपमा सफल बनाउन संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति र २५ सदस्यीय सचिवालय समिति गठन गरेको सचिव श्रीराम रायमाझीले वताए ।
यसैगरी महोत्सव व्यवस्थापन ,प्रायोजन व्यवस्थान तथा समन्वय गर्ने जिम्मेवारी अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्षहरु खगेन्द्र विष्ट, कृष्णराज श्रेष्ठ, निर्मला राई, महासचिव राम वहादुर गोङ्वा, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठलाइ दिइएको छ ।
यसैगरी धनकुटा महोत्सवलाई व्यवस्थित रुपमा व्यापक बनाउन धनकुटा उद्योग बाणिज्य संघको निर्वतमान अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा पूर्व अध्यक्षहरु रहेको अनुगमन समिति, सचिव श्रीराम रायमाझी संयोजक र सुनिता थापा, उज्वल कर्माचार्य ,नविन श्रेष्ठ, महेन्द्र थापा, देव विश्वकर्मा लगायत सदस्य रहेको ९ सदस्यीय समिति गठन गरिएको छ । त्यसैगरी कोषाध्यक्ष रुपेश श्रेष्ठ संयाजक र डिजेश शाक्य, शोभा श्रेष्ठ, रेजिना पलिखे, विपिन थापा, उज्वल कर्माचार्य रहेकोे अर्को समिति पनि गठन भएको छ । त्यस्तै रिदम श्रेष्ठ संयोजक र रेवती प्रसाद अधिकारी र अम्विका धमला सदस्य रहेको राष्टिय कलाकार समन्वय तथा संयोजन समिति गठन भएको छ ।

यस्तैगरी धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य उज्वल कर्मार्चायको संयोजक र सदस्यहरु लिजा श्रेष्ठ, भिम लिम्बु ,नगेन्द्र काफ्ले रहेको स्टल निर्माण समिति गठन गरेको छ ।

प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ लाई सफल बनाउन थप विभिन्न समितिहरु समेत निर्माण गरिने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।

प्रदेश स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवलाई सफल बनाउन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल सरकार, प्रदेश सरकार र धनकुटाका सवै स्थानीय सरकार र सरोकारवाला कार्यालयहरु र संघ संस्थाहरुसँग समन्वय, सहयोग र सहकार्य गरिने अध्यक्ष राईले वताए ।

तीन तीन बर्षमा हुँदै आएको धनकुटा महोत्सव कोरोनाका कारण गत बर्ष भएन । यसअघि गत मंसिरमा गर्ने भनिएकोमा निर्वाचनका कारण माघ पहिलो साता हुने भएको छ ।