स्ववियुका लागि बेलबारी बहुमुखी क्याम्पसमा गर्नै परेन चुनाव, सर्बसम्मत समिति चयन

  • १ चैत्र २०७९, बुधबार

बेलबारी बहुमुखी क्याम्पस, मोरङको  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सर्बसम्मत नेतृत्व चयन भएको छ ।

संयुक्त बाम लोकतान्त्रिक गठबन्धन र एमाले निकट अनेरास्वविबयु बिच प्रतिष्पर्धा हुने अबस्था भएको  बेला सहमतिमा नयाँ नेतृत्व चयन भएको हो । बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्र कोईरालाले दिएको जानकारी अनुसार गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी संघले सभापति र २ सदस्यपाएको छ । त्यसैगरी अनेरास्ववियुले उपसभापति, सचिब र ५ जना सदस्य, क्रान्तिकारीका तर्फबाट कोषाध्यक्ष र १ जना सदस्य तथा अखिल (एस) ले सहसचिब र एक सदस्य पाएका छन् ।

स्वबियु सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कल सुवेदी निर्बिरोध भएका छन् । सचिवमा अनेरास्ववियुका विप्लव पोखेल र कोषाध्यक्षमा अखिल ( कान्तिकारी) का कपिल विष्ट निर्वाचित भएका छन् । सदस्यहरुमा प्रत्यक्षतर्फ  नेपाल विद्यार्थी संघबाट नवराज भुजेल, अनेरास्ववियूबाट किसन चौधरी, शंकर थापा र एलिना  राजबंशी तथा अखिल क्रान्तिकारीबाट रमादेवी गिरी चयन भएका छन् ।

समानुपातिकतर्फ निर्वाचित सदस्यहरुमा नेपाल विद्यार्थी संघबाट आरती ठाकुर, अखिल क्रान्तिकारीबाट निकेश सुवेदी र अनेरास्ववियुबाटदिपक गुरुङ, सुजन बस्नेत, सिद्धार्थ शाह, रजिता थापा र  संजिव मंग्राती निर्वाचित भएको बेलबारी बहुमुखी क्याम्पसले जानकारी दिएको छ ।