बाढीले यसरी बगायो लोहन्द्रामा जलाउँदै गरेको शव

  • २९ श्रावण २०८०, सोमबार

बेलबारीमा शनिबार दिउँसो स्थानीय लोहन्द्रा खोलामा शव जलाउने क्रममा अचानक खोलामा आएको बाढीले शव बगाएको छ ।
खोलामा अहिलेसम्म कुनै शवदाह स्थल निर्माण भएको छैन । खोलाको बगरमा स्थानीयले शवदाह गर्ने गरेका छन । लामो समयदेखि दाहसंस्कारस्थलको कुरा उठेपनि निर्माण गर्न भने सकिएको
छैन । शनिबार दिउँसो बेलवारी नगरपालिका वडा न ३ का एक बृद्धाको मृत्यू भएपछि दाहसंस्कारका लागी लोहन्द्रा खोला लगेर चित्ता बनाई शवलाई दागबत्ति दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएपछि मलामीको समेत भागाभाग भएको थियो ।

जलाउँदै गर्दा लोहन्द्रा खोलाको बाढीले बगाएको बृद्धाको शव राति फेरी अन्त्येष्टि गरिएको छ ।
खोलाले बगाएको शव खोजतलास पछि सुन्दरहरैचा १ को पुर्वपट्टि आधा भाग मात्र जलेको अबस्थामा भेटिएको र शवलाई डोजरले खनेर अमना सिसौली वन क्षेत्रमा पुरिएको छ ।

बेलबारीमा एउटा पनि सबदाहस्थल नभएको र खोलाबाट जल्दै गरेको शव खोलाले बगाएपछि स्थानीय भने जनप्रतिनिधि प्रति आक्रोश व्यक्त गरेका छन

शनिबार जलाउँदै गरेको शव लोहन्द्रा खोलाको बाढीले बगाएपछि  बेलबारीका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीका २ वटा वडामा तत्काल शवदाहस्थल निर्माणको काम शुरु हुने बताएका छन ।