धनकुटामा बृहत निशुल्क स्वास्थ्य शिविर भइरहेको छ, जाने होइन ?

  • ६ आश्विन २०८०, शनिबार

धनकुटामा गरिव तथा असाहय र पहुँचविहिनहरुका लागि वहृत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर संकलन भएको छ ।
अलोहवा मेडिकल मिसिन अमेरिकाको प्राविधक सहयोग र धनकुटा अस्पताल तथा सल्भ नेपालको सहआयोजनामा असोज १ देखि १२ गतेसम्म जिल्ला अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर चलिरहेको हो ।
अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा. विकास गुप्ता,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड , गाठा गुठीको शल्यक्रिया र दातको उपचार सेवा उपलब्ध छ ।

धनकुटा अस्पतालमा शुरु भएको वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको पहिलो दिन १ सय ४१ जना विभिन्न रोगहरुका विरामीहरुको शल्यक्रियाका ला गि स्क्रिनिङ भएको,३७ जनाको दातको उपचार भएको र १४ जना विभिन्न रोगका मेजर शल्यक्रिया गरिएको शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताए ।

पहुँच विहिन र गरिव तथा असाहय लागी धनकुटा अस्पतालमा संचालन भैरहेको वहृत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पाचौ दिन सामान्य २४ जनाको,जटिल १४ जनाको र फिस्टुला १० जना को शल्यक्रिया भएका र ६० जनाको दातको उपचार भएको शल्यक्रिया शिविर मुल व्यवस्थापन सचिवालय समितिका सदस्य विजय सन्तोषी राईले जानकारी दिए ।

शिविरको उद्घाटन राष्टपतीका राजनैतिक सल्लाहकार पूर्व मन्त्री सुनिल वहादुर थापा, अलोहवा मेकिल मिसिनका टि लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा. विकास गुप्ता,डा.ब्राल्डी वाङ्ग,संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले संयुक्त रुपमा गरेका थिए ।

वृहत निशुल्क स्वास्थ्य शिविरको शुक्रबार पूर्व मन्त्री सहित स्थानीय प्रशासनबाट अनुगमन भएको छ ।
प्रतिनिधि सभाका सदस्य पूर्व मन्त्री राजेन्द्र राई सहित अनुगमन समितिद्धारा अनुगमन गरी समिक्षा समेत गरेको हो ।
धनकुटा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री राजेन्द्र राई,संविधान सभाका सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका सदस्य निरेन तामाग,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, भीमदल गणका गणपती कर्णेल सुमन थापा, पूर्व डि आई जी दिनेश अमात्य ,सशस्त्र प्रहरी बल छिन्ताग गुल्मका गुल्मपती सुर्दशन भारती,जिल्ला समन्वय समितिका पूर्व प्रमुख टंक चुवान,राष्टिय अनुसन्धान धनकुटाका प्रमुख सविना राइ,प्रहरी कार्यालय धनकुटाका निमित्त प्रमुख होम अधिकारी,मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठ,प्रदेश रेडक्रसका सभापति नरेन्द्र पोखरेल,सचिवालय सदस्यहरु विजय सन्तोषी राई, विष्णु माया कन्दङ्गवा, पुरेन्द्रलाल श्रेष्ठ ,धनकुटा नगरपालिका कार्यालय वातारण शाखका प्रमुख उपेन्द्र खनाल,अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोल लगायतले अनुगमन गरी विरामीहरुको शल्यक्रिया गरेको र शल्यक्रिया गरेका विरामीहरुको अवस्थाको वारेमा जानकारी लिएका थिए ।

यो पनि …

बिदेशी डाक्टरसहित धनकुटा अस्पतालमा हुनेभो १३ दिने स्वास्थ्य शिविर