डाँडाबजारले जित्यो सिंहदेवीमा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि

  • ८ मंसिर २०८०, शुक्रबार

मोरङको केराबारी गाउँपालिका २ फाइबा स्थित द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समिति को आयोजनामा भएको खुल्ला वडास्तरीय भलिबलको उपाधि धनकुटाको डाँडाबजारले जितेको छ ।

फाइनल खेलमा लेटाङ ७ वाराङ्गीलाई पराजित गर्दै  डाँडाबजारले उपाधी उचालेको हो । उपाधिसँगै डाँडाबजारले ट्रफी, शिल्ड र प्रमाणपत्रसहित नगद ४०  पाएको छ भने वाराङ्गीले  ट्रफी, शिल्ड र प्रमाणपत्रसहित २७ हजारमा चित्त बुझाउनुपरेको छ ।

प्रतियोगितामा सहभागी २० टीममध्ये बेलबारी ८ राधानगर, लेटाङ ७ वाराङ्गी, आयोजक टीम  र डाँडाबजार सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा वाराङीले आयोजकलाइ र डाँडाबजारले बेलबारी ८ राधानगरलाइ पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

खुल्ला वडास्तरीय  पुरुष भलिबल प्रतियोगितामा मोरङ र धनकुटाका कुल २० वटा भलिबल टीम सहभागी भएको द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समितिका सदस्य गोबोन्द खड्काले जानकारी दिए । भलिबलका बिजेता र उपबिजेतालाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङको अनुपस्थितिमा केराबारी २ का वडाध्यक्ष प्रेम लिम्ब, खेलकुद बिकास समिति केराबारी २ का अध्यक्ष तथा द्वितीय मेला बजार तथा खेलकुद ब्यबस्थापन समितिका अध्यक्ष देवीलाल लिम्बू लगायतले पुरस्कार, शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । फाइनल खेल हेर्न करिब दुइ सयभन्दा बढी दर्शक उपस्थित थिए ।

कार्तिक ३० गतेदेखि फाइबामा महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै ऐतिहासिक द्वितिया मेला पनि लागेको थियो । बिगत बर्षहरुमा पुरुष भलिबल प्रतियोगिता मात्रै संचालन हुने गरेकोमा यस बर्षदेखि महिला भलिबल प्रतियोगिता पनि शुरु गरिएको छ । यस बर्ष ४ वटा महिला टीम सहभागी भएकोमा मोरङको जाँते भलिबल टीमले उपाधी उचालिको छ ।बर्षौँदेखि लाग्ने यो मेला हरेक बर्ष तिहारको बेला लाग्ने गर्छ ।