राजनीतिमा प्रभाव बढाउँदै सांसद शर्मा, पुर्ख्यौली जिल्ला धनकुटामा पनि भव्य स्वागत

  • २९ पुष २०८०, आईतवार

जनपक्षीय सवालमा खरो उत्रँदै आएका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई धनकुटामा भव्य स्वागत गरिएको छ ।

पार्टी भन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका मोरङका सांसद शर्मालाई नेपाली कांग्रेस धनकुटाले औपचारिक कार्यक्रम नै गरेर फूलमालासहित भव्य स्वागत गरिएको हो ।

सांसद शर्माको फोटोसहितको ब्यानर राखेर कांग्रेसले उनीसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको हो । जनपक्षीय सवालमा गलत गर्ने आफ्नै पार्टीका नेताहरूलाई पनि नछोड्ने उनी अहिले चर्चाको शिखरमा छन् ।
धनकुटा पुगेर उनले आफ्नै पार्टीका अर्थमन्त्रीको विषयमा विरोध जनाए । सत्ता साझेदार दलको सांसद भएर पनि उनी अहिले सरकारको कमजोरीमा खुलेर बोलिरहेका छन् । सरकारले जनपक्षीय काम गर्न नसेको भन्दै उनले यही अवस्थामा कांग्रेसले समर्थन गरेर बसिरहन नहुने तर्क गर्दै आएका छन् ।

उनले कार्यकर्ताहरू माझ उनले यही अवस्थामा कांग्रेस सरकारमा बसिरहन उपयुक्त नहुने तर्क राखे, पार्टी नेतृत्वप्रतिको असन्तुष्टि पनि पोखे । नराम्रो काम गर्ने आफ्नै पार्टीका नेता भएपनि नछोड्ने र राम्रो काम गर्ने फरक पार्टीकै मान्छेलाई पनि प्रशंसा गर्ने नेपाली राजनीति भित्रको नौलो र विरलै देखिने स्वभावका कारण उनी जनप्रिय बन्दै गएका छन् । नेपाली राजनीतिमा पनि उनको प्रभाव बढ्दै गएको छ । शर्माको पुर्ख्यौली थलो धनकुटा हो ।