चार दर्जन कविको कविता सङ्ग्रह ‘निहारिका’ सहित तिनवटा कृतिहरु सार्वजनिक

  • २७ माघ २०८०, शनिबार

बेलबारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को संयुक्त रूपमा लोकार्पण भएको छ ।

बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभामा ती कृतिहरु लोकार्पण भएका हुन् । पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङले २७ गते शनिबार आयोजित एक कार्यक्रम माझ तीनओटै कृतिको लोकार्पण गरेका छन् ।

संयुक्त कवितासङ्ग्रह ‘निहारिका’ मा बेलबारीका ४७ जना कविहरुका कविता, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ मा उहाँकै छोटा किसिमका ६९ कविता र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ मा उहाँका ५१ ओटा कविताहरु छन् ।
कार्यक्रममा कविता सङ्ग्रह ‘खुर्पे जून’ को टिप्पणी प्रा.डा. रमेश घिमिरे, ‘निहारिका’ को टिप्पणी ईरान राई तथा पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को टिप्पणी उमानाथ भट्टराईले गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, भूपेन्द्र कोइराला, गणेशप्रसाद दाहाल, जेबी थुलुङ, परशुराम सुवेदी, शङ्कर गुरुङ, सञ्जीव धिमाल, सुन्दर भट्ट, प्रेम गुरुङ लगायतको आतिथ्यता थियो । कार्यक्रम बेलबारी साहित्य बिकास समिति अध्यक्ष तिला लेकालीको अध्यक्षता तथा सचिव धनजित पराजुलीको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, भूपेन्द्र कोइराला, गणेशप्रसाद दाहाल, जेबी थुलुङ, परशुराम सुवेदी, शङ्कर गुरुङ, सञ्जीव धिमाल, सुन्दर भट्ट, प्रेम गुरुङको आतिथ्य रहेको थियो । कार्यक्रम अध्यक्ष तिला लेकालीको अध्यक्षता तथा सचिव धनजित पराजुलीको सञ्चालनमा भएको थियो ।