बिहिबार बिहान केराबारी-९ भलुवा कि ५० वर्षिया जमुनादेवी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएर धम्क्याएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट भलुवाबाट  तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको  हो ।

पक्राउ परेका राईको साथबाट  ४ राउण्ड गोली लोड भएको मेडइन इटाली लेखेको अटो पेस्तोल १ थान, मेडइन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाईते भएका दुबै जनाको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भईरहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।