बुधबार निवासमा पुगेका संचारकर्मीहरूसित विगत ५ वर्षदेखि उपचार गराई रहेकाे र थप उपचारका लागि अहिले आर्थिक अभाव भएको जनाउँदै सहयोग गरिदिन सबैमा याचना गरेकी हुन्।

कम्मरमुनि शरीरका भागहरू चलाउन नहुने र हातको नशामा समेत समस्या सहेर ओच्छ्यानमै थलिएकी निताले विराटनगर, काठमाडौं र धरानमा रहेका विभिन्न हस्पिटलहरूमा स्वास्थ्य जाँच र उपचारको लागि पुग्दा डाक्टरहरूले ‘दुवै मृगौला फेल भैसकेको’ भन्ने एउटै रिपोर्ट दिएको बताइन् ।  मृगौला प्रत्यारोपण गर्नका लागि धेरै खर्च लाग्ने डाक्टरले बताएको  तर आफुलाई अहिले औषधी खाने पैसा जुटाउनै गार्हो परेको खत्रीले बताइन् ।

पैसाकै अभावमा अस्ति माघदेखि फलोअपमा जान पनि नसकेको र छोरा र छोरीको स्कूलको ‘फि’ पनि तिर्न नसकेको उनले बताइन् । श्रीमान् वैदेशिक रोजगारीको शिलश्लामा मलेशियामा भएपनि उनले पठाएको पैसा सबै उपचारमा खर्च भएको निताले बताइन् ।

IMG-20240327-WA0002सहयोगको याचना गर्दै निताले भनिन् ‘उपचार गर्न आफ्नो बलवुताले नपुग्ने भएकाले देश- विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई , दिदीबहिनी र सहयोगी मनहरुलाई सक्ने जति आर्थिक सहायता गरिदिन अनुरोध गर्दछु।’

तपाई पनि निता खत्रीको थप उपचारका लागि सहयोग गर्न चाहनुहुन्छ भने पीडितकै नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, पथरी शाखाको खाता नं. २५६०१००००१०३६०१० मा स्वेच्छाले आर्थिक सहयोग पुर्याउन सक्नुहुनेछ । विमारी निता खत्रीलाई सम्पर्क गर्न चाहेमा उनकै भाइ गोपाल बुढाथोकी मार्फत ९८१०५३८२३१ मा सम्पर्क गर्न सकिने परिवारले जनाएका छन् ।