केराबारीमा खानेपानी आयोजनाका लागि एडिबीले दिनेभो एक अर्ब बजेट

  • २९ असार २०८१, शुक्रबार

साना शहरी खानेपानी आयोजना संञ्चालन गर्न एक अर्ब बजेट दिने भएको छ ।
वर्षौदेखि पिउने पानीको अभाव झेल्दै आएका केराबारीवासीहरुको खानेपानी समस्या समाधान गर्न एडिबीले नेपाल सरकार मार्फत १ अर्ब बजेट दिने भएको हो ।
खानेपानीको अभावमा काकाकुलको नियती भोग्दै आएका केराबारीवासीमा शहरी खानेपानी आयोजना संचालन हुने खबर आएसँगै खुशीयाली छाएको एडिबि मार्फत हो ।
एक दुई बर्ष अघिदेखि नै केराबारी गाउँपालिका मार्फत जनप्रतिनीधि, कर्मचारी तथा विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुले खानेपानी आयोजनाका लागि पहल गर्दै आएका थिए ।
डेढवर्ष अघि केराबारीका अग्रज समाजसेवी नविन थापा मगरको अध्यक्षतामा शहरी खानेपानी योजना समिति गठन भई कार्य अघि वढेको थियो ।
दातासँग २ अर्बको स्टिमेट सहित योजना पेश गरिएको भएपनि १ अर्ब रुपैयाको बजेट छुटिएको गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंङ मगरले बताए ।
यो आयोजना सम्पन्न भएमा केराबारीको वडा नं. ३, ७, ८ तथा ९ र १० का अधिकांस क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति भई केराबारीको आधा जनसंख्या लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । केराबारी गाउँपालिका क्षेत्रमा एउटै आयोजनाका लागि आएको बजेट यो नै अहिलेसम्मकै सबैभन्दा ठुलो भएको केराबारी गाउँपालिकाले जनाएको छ ।

केराबारीमा खानेपानीको भरपर्दो श्रोत र बजेट तथा संरचना अभावका कारण केराबारीवासीले वर्षेनी पानीको समस्या झेल्दै आउनुपरेको छ ।
केराबारीमा दाता तथा नेपाल सरकारले बेलाबखत केही बजेट दिने गरेपनि एकीकृत लगानी नहुँदा खानेपानी समस्या समाधान हुन सकेको छैन । केराबारीको वडा नम्बर ३, ७, ८ र १० क्षेत्रमा पानीको श्रोत र योजना उही क्षेत्रमा भएपनि खानेपानीको एउटै समिति बन्न सकेको छैन । केराबारी बजार र आसपासका क्षेत्रमा हाल शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समिति लगायत चारवटा खानेपानी उपभोक्ता समिति सक्रिय छन् ।