धानखेतमा कुन पापीले मारेर फालेछ कुन्नि नाबालकलाइ ! 

  • १७ आश्विन २०८१, बिहीबार

मोरङको बेलबारी नगरपालिका–८ बरियातीझारस्थित धानखेतमा बिहीबार १ जना नाबालकको शव फेला परेको छ ।
प्रहरीका अनुसार मेघराज कटुवालका २ वर्षीय छोरा दिप्सन कटुवाल धानखेतमा बिहान ११ः३० बजेतिर मृत फेला परेका हुन् । कटुवालको घरबाट उनका नाबालक छोराको शव फेला परेको खेत करिब १ किलोमिटर दक्षिणमा छ ।
घरनजिकको पैनीले बगाएर नाबालकलाई धानखेतमा पुर्याएको हुनसक्ने प्रहरीको अनुमान छ । खेल्ने क्रममा नाबालक पैनीमा परेको र त्यही पैनीले बगाएर खेतमा पुर्याएको हुनसक्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।