शुभ खानेपानीको ४२ औं बार्षिक साधारणसभा, पुर्व अध्यक्ष र कर्मचारीहरु सम्मानित
- १४ पुष २०८१, आईतवार
मोरङ केराबारीस्थित शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ४२ औं बार्षिक साधारणसभा भएको छ ।
कोशी प्रदेश सांसद खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यता, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको विशेष आतिथ्यता र शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गोकुलबहादुर थापाको अध्यक्षतामा साधारणसभा भएको हो ।
केराबारी ८ स्थित हजारबिघा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको कार्यक्रममा खानेपानी उपभोक्ताहरुको उल्लेख्य उपस्थिति थियो । साधारणसभामा केराबारी ८ का वडाध्यक्ष कमल बहादुर बस्नेत, केराबारी १० का वडाध्यक्ष पुर्ण बहादुर मगर, केराबारी गाउँपालिकाका प्रबक्ता नारायण भुजेल, खदम क्याम्पसका प्रमुख टेकबहादुर थपलिया, नेपाली कांग्रेस केराबारीका सभापति प्रकाश बस्नेत, एमाले केराबारीका उपाध्यक्ष राकेश राई, संस्थाका पुर्व अध्यक्षहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।
प्रदेश सांसद खड्ग बहादुर बस्नेतले पानसमा बत्ति बालेर साधारणसभा उद्घाटन गरेका थिए । साधारणसभामा संस्थाका अध्यक्ष गोकुल बहादुर थापाले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन, सहसचिव राजन थापाले बजेट र भावी योजनासहितको प्रगति प्रतिवेदन र लेखा संयोजक सूर्यबहादुर थापाले लेखा परिक्षण प्रतिवेदन पेश पेस गरेका थिए ।
संस्थाका अध्यक्ष गोकुल बहादुर थापाले केराबारी बजार क्षेत्रमा रहेका खानेपानी संस्थाहरुबिच एकीकरण गर्ने र खानेपानी योजनाको बिकास गर्ने योजना रहेकोे बताए । समितिले तीन बर्षे कार्यकालमा कार्यालय ब्यबस्थापन, मुहान संरक्षण, पाइपलाइन बिस्तार तथा योजना थप लगायतमा उल्लेख्य काम गरेको थापाले बताए ।
अकेराबारी गाउँपालिकाको वडा नम्बर ३, ८ र १० मा पर्ने केराबारी बजार र आसपासका क्षेत्रमा १ हजार २ सय घरधुरीसहित करिब १४ हजार जना उपभोक्तालाइ खानेपानीको सेवा दिँदै आएको समितिले तीन बर्षको अबधिमा करिब २ सय घरधुरीमा नयाँ धारा जडान गरेको छ ।
साधारणसभा सभामा संस्था स्थापना देखि हाल सम्म खानेपानी उपभोक्ता समितिमा रहेर ऐतिहासिक काम गर्ने भूतपूर्व अध्यक्षहरु सहित कर्मचारी र सदस्यहरुलाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेहरुमा पूर्वअध्यक्षहरु भद्रवहादुर थापा,पदमप्रसाद अधिकारी,नविन थापा मगर, स्वःनारायण थापा मगरकी धर्मपत्नी सरिता थापा मगर, स्वःशिववहाुर थापाकाकी धर्मपत्नी कृष्णमाया थापा, रोहित कुमार कट्वाल, नन्दलाल बस्नेत, लिलाकान्त घिमिरे छन् ।
त्यसैगरी कर्मचारीहरु मनवहादुर बराइली, कल्पना भट्ट, विशेष सहयोगी हस्तमाया मगर, छत्रकुमार चेम्जोङ, भेलवाढी र वर्षातको समयमा जोखिम पुर्ण काम गर्ने संस्थाका सदस्यहरु राजनकुमार थापा, रमानाथ फुयाल, मोतिलाल कोइराला, चित्रवहादुर कार्की, कृष्णराज भण्डारी, टलकवहादुर पोखरेल, दुर्गावहादुर कट्वाललाई पनि सम्मान गरिएको छ ।
बिक्रम सम्बत २०३६ सालमा स्थापित शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समिति मार्फत हाल सुपारे, मोदी सम्पवेल र बसना सम्पवेल गरी तिनवटा मुहानबाट पानी आपूर्ति भइरहेको छ ।
तीनवटा मुहानको पानी केराबारी १० बगैंचामा रहेको १ लाख लिटर क्षमताको ट्यांकीमा जम्मा हुने गरेको छ । त्यहाँबाट १० इन्च पाइपबाट पानी आपूर्ति गर्ने क्षमता भएपनि हाल ६ इन्चको पाइपबाट उपभोक्ताहरुलाइ पानी बितरण गर्ने गरिएकोअध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाका अनुसार मुहानबाट आएको पानी केराबारी १० मा रहेको बगैंचा ट्यांकीमा जम्मा हुने गरेको छ । त्यहाँ जडित क्लोरिनेसन अर्थात् ट्रीटमेण्ट प्लान्टबाट पानी शुद्धीकरण हुन्छ र शुद्धीकरण भएको पानी उपभोक्ताहरुको धारामा पुग्छ ।
एशियाली डेभलपमेन्ट बैंक, एडीबीले एक अर्ब दिने भएपछि केराबारीमा साना शहरी खानेपानी आयोजना संञ्चालन हुन लागेको छ ।