भब्य कार्यक्रम सहित समापन भयो बेलबारी जेसिजको जेसिज सप्ताह
- १२ आश्विन २०७५, शुक्रबार
बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०७५ समापन भएको छ ।
कुसे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुरु भएको जेसिज सप्ताह शुक्रबार समापन भएको हो ।
नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बत्स्यालको प्रमुख आतिथ्य र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अशोक शंकर र नेपाल जेसिज २०१७ का कार्यकारीणी उपाध्यक्ष महेश पौडेलको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, नेतागण, संचारकर्मी तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।
समापन समारोहकै दिन माध्यमिक र निम्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ उत्प्रेरणा तालिम समेत दिइएको छ । जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बत्स्यालले उत्प्रेरणा तालिम दिएका थिए । तालिममा करिब तीन सय विद्यार्थीहरु सहभागी भएका थिए । समापन कार्यक्रमको अध्यक्षता बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाइंले गरेका थिए भने बेलबारी जेसिजका महासचिव राजेन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
जेसिज सप्ताह कार्यक्रम अन्तरगत यसअधि राजमार्गका विभिन्न १६ ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । त्यसैगरी जेसिजका सदस्यहरुलाइ नेतृत्व बिकास तालिम, बेलबारी ४ को श्रीजंघा आधारभूत विद्यालयमा अध्ययनरत सबै अर्थात २६ जना विद्यार्थीलाई पाठ्यसामग्री र पोषाक बितरण, नगरपालिका र बेलबारी जेसिजबिच मैत्रीपुर्ण फुटबल, उत्प्रेरणा तालिम जस्ता कार्यक्रम सम्पन्न भएको बेलबारी जेसिजका कार्यकारिणी उपाध्यक्ष दीपेन्द्र खुलालले जानकारी दिए ।