बिराटनगरमा १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न
- १६ आश्विन २०७५, मंगलवार
बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउंपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ ।
१ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस बारे ब्यापक छलफल हुन थालको मुख्य मन्त्रि राईले बताउनु भयो । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा १४ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिबार सहितको सहभागिता थियो । पारिबारीक मिलन गराउने साथै पारिबारीक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आबश्यकता रहेको संस्थाका महासचिब बिनोद डागीले बताउनु भयो ।
कार्यक्रममा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयां सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराएको थियो । गाउपालिका र नगरपालिकाले गर्ने स्थानीय निकायको बिकासलाई फलदायि कसरी बनाउन सकिन्छ र दिगो बिकास हुन्छ भन्ने बारे छलफल भएको थियो ।
कार्यक्रममा २५ वटा नगरपालिका, ३५ गाउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितको परिबारहरु सहभागिता भएका थिए । १ नं. प्रदेशबाट शुरु भएको यो कायक्रम बाकी ६ वटै प्रदेशबाट सन्चालन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममो सभापति पुर्ब सांसद मिलन कुमारी राजबंशीले गर्नु भएको थियो ।