सरकारले छानेका सय पर्यटकीय गन्तव्यमध्ये धनपालगढी सहित प्रदेश १ मा परे १५ वटा पर्यटकीय स्थल

  • १७ कार्तिक २०७५, शनिबार

अम्बिका भण्डारी, मोरङ / संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेकोमा प्रदेश १ का १४ जिल्लाबाट मोरङको धनपालगढी सहित १५ वटा पर्यटकीय स्थल परेका छन् ।

सरकारले छनोट गरेका पर्यटकीय गन्तव्यहरुमा मोरङबाट बेलबारी नगरपालिका क्षेत्रमा अबस्थित धनपालगढी, ताप्लेजुङबाट सिग्दिम्बा गाउँपालिकामा रहेको तिम्बुङ पोखरी , पाँचथरबाट फिदिम नगरपालिकाको गुरु फाल्गुनन्द सर्किट ( लाब्रेे कुटी- गजुुुरमुखी धाम लाराम्बा चुुुक्रीनाम्बा, तेह्रथुमबाट  तिनजुरे मिल्के जलजले, संंखुवासभाबाट बोलेध्वर एेेेेतिहासिक गुफा, धनकुटाबाट छथर गाउँपालिकामा अबस्थित हलदे पटकेेेडाँँडा पर्यटक ट्रेेल, भोजपुरबाट ट्याम्केे डाँडा ( मुन्धुुुम ट्रेयल) परेका छन् ।

त्यसैगरी खाेेटाङबाट  बराह गाउँपालिकाकामा रहेको बराह पोखरी,सोलुखुम्बुबाट महाकुलुङ गाउँपालिकामा रहेको पाँच पोखरी, ओखलढुंगाबाट थोलेदम्बा डांडा, उदयपुरबाट उदयपुरगढी, र झापाबाट सहिद नेचलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्रलाई पनि सरकारले नयाँ पर्यटकीय गन्तव्यका रूपमा सुचिकृत गरेको छ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी केहि पुराना पर्यटकीय स्थलहरुलाइ पनि सरकारले प्रबर्द्धन गर्ने सूचीमा राखेको छ । प्रदेश १ बाट प्रबर्द्धन गर्ने सुचीमा परेका पर्यटकीय स्थलहरुमा ताप्लेजुङको पाथीभरा र फुङ्फुङे झरना, इलामको सन्दकपुर माइ पोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङ्बोचे र सगरमाथा, ओखलढुंगाको पोकली झरना, झापाको बांसबारी सिमसार पर्यटन पुर्वाधार केन्द्र, र सुनसरीको कोशीटप्पु बन्यजन्तु आरक्ष र बराहक्षेत्र छन् ।

सूचीमा धनपालगढी पनि परेपछि स्थानीयबासी खुशी

नेपाल सरकारले देशभरका सयवटा पर्यटकीय गन्तव्यको सूचीमा मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा रहेको एेतिहासिक पर्यटकीय स्थल धनपालगढीलाई पनि समेटेपछि स्थानिय बासिन्दा  खुसी भएका छन ।

करिब  ३५ बिगाह क्षेत्रफलमा रहेको गढी क्षेत्र अतिक्रमणको चपेटामा परेको  छ । अहिले ६ बिगाह भन्दा वढि जग्गा केही स्थानियले अतिक्रमण गरेका छन् ।

सात वटा पोखरी रहेको उक्त क्षेत्रमा अहिले तीनवटा मात्र अस्थित्वमा  छन् । अन्य चारवटा पोखरी जीर्ण अवस्थामा छन् । संरक्षणको अभावमा यहाँका अन्य भौतिक संरचना पनि  बिग्रंदै जान थालेका छन् । विवाह गरेका नयांं दुलहा-दुलहीले मेलाको बेला पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने मान्यता रहदै आएको छ । धनपाल राजाको दरबार केही वर्षअघिसम्म अस्तित्वमा रहेको थियो तर अहिले भग्नावशेष समेत बाँकी छैन । सम्पदाहरु लोप हुदै गएपछि अध्ययन अनुसन्धान गर्नेहरुलेे यो क्षेत्रलाई रोज्ने गरेका छन् । धनपालगढीमा हरेक बैशाखमा मेला लाग्ने गरेको छ ।