राजमार्गमा भेटिएको ५४ हजार ५ सय रुपैयाँ प्रहरीलाई हस्तान्तरण

  • १३ पुष २०७५, शुक्रबार

मोरङको बेलवारीस्थित वेतना सिमसार नजिकै पुर्व पश्चिम राजमार्गमा शुक्रवार दिउसो हजार र पाँचसयका नोट हावामा उढिरको अवस्थामा देखिन्थे । त्यहि अवस्थामा सुन्दर हरैचाका राजन निरौला र उत्सव दाहाल त्यँहा पुगेका थिए । तिव्र गतिमा पश्चिम तर्फ गइरहेको मोटरसाईकल चालकको गोजीबाट पैसाका नोटहरु उडिरहेका थिए राजनले बताए ।

त्यसको केहि समयमै मधुमल्ला का प्रेम खड्का र उर्लावारीका नरेन्द्र खड्का पनि त्यँहा पुगे । मोटरसाइकलको गति तिब्र भएकोले नम्बर टिप्न चै सम्भव भएन उत्सव दाहालले बताए । हामि चार जनाले भेटाएको यो रकम उक्त रकम हामिले चाहेको भए सजिलै लैजान सक्थ्यौ तर हामिले त्यसो गर्नु हुदैन भनेर सल्लाह गर्यौ र प्रहरी लाई भेटाएको पैसा दिने निर्णय गर्यौ मधुमल्लाका नरेन्द्र खड्काले बताए । कलीयुगमा अझै यस्ता इमान्दार मान्छे पनि भेटिदा रहेछन् भनेर भिडमा सामेल अन्य व्यक्तिहरुले बताईरहेका थिए ।

हजारको १२ थान र पाँच सयको ८५ थान नोट भेटिएको हो । स्थानीय युवा जनक पोख्रेलले भेटिएको पैसा उपयुक्त प्रमाण सहित कोहि लिन नआए बन्दै गरेको भवन ट्राफिक प्रहरी पोष्ट बेलवारीलाई दिनुपर्ने बताए । भेटिएको उक्त रकम ५४ हजार ५ सय इलाका प्रहरी कार्यलय बेलवारी लाई बुझाईएको छ ।