बांसको पुल भएका ठाउँमा २९ लाखको पुल शिलान्यास

  • १ माघ २०७५, मंगलवार

मोरङको पथरीशनिश्चरे ७ स्थित मंगलवारे पूर्व पथरी खोलामा २९ लाखको लागतमा वन्ने पुल शिलान्यास भएको छ ।

नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा वडाध्यक्ष कपिलमिण ढकाल सहितका जनप्रतिनिधि र समाजसेवीहरुले पुलको शिलान्यास गरेका हुन् ।

नगरपालिकाका कार्यालयको २८ लाख १३ हजारमा उपभोक्ताहरुले थप रकम जुटाई ३३ फिट लम्वाई र १८ फिट चौडाईको पक्की पुल निर्माण हुने उपभोक्ता समिति अध्यक्ष सञ्जय राईले बताए  । यसअघि सो स्थानमा बांसको पुलबाट स्थानीयबासी ओहोरदोहोर गर्दै आएका छन् ।