बालिकाको मृत्युपछि बिराटचौकमा दनदनी बले ट्रिफर, कर्फ्यु नै लगाउनु पर्यो उपद्रो रोक्न

  • १४ माघ २०७५, सोमबार

केशु विरही, सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा ९ कि ११ बर्षिया बालिकालाइ ट्रिफरले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएपछिकाे तनावलाई कम गर्न सुन्दर हरैंचा नगरपालिकामा नगरपालिका, जनप्रतिनिधि तथा पिडित पक्षविच भएकाे वार्ता सफल भएपछि लास उठाईएकाे छ ।

बिहानैदेखि लासलाई सडकमै राखेर न्यायकाे लागि लडिरहेका स्थानीयले माग पूरा नभएसम्म लास उठाउन मानेका थिएनन् ।

तर नगरपालिकामा मेयर शिवप्रसाद ढकालकाे पहलमा बसेकाे बैठकले अहिले लास उठाउने भाेलिदेखि कानुनी प्रकृ्या सुरु गर्ने सहमति भएपछि मृतकका अाफन्तले लास उठाएका छन् । लासलाई पाेष्टमार्टमका लागि मंगलबारे लगिएकाे छ ।

नगरपालिकाबाट घटनाकाे वारेमा बुझ्न नअाएकाे र नगरपालिकाले अाफूहरुलाई वेवास्ता गरेकाे विषयलाई लिएर दिउसाे केही वेर पूर्वपश्चिम लाेकमार्गमा समेत स्थानीयले अवराेध पुर्याएका थिए । तर प्रशासन र केही स्थानीयकाे सहयाेगमा राजमार्गकाे अवराेध तुरुन्तै हटाईएकाे थियाे ।

साथै कुनै रिस्पाेन्स नगरेकाे भन्दै स्थानीयवासीहरुले सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालकाे घर घेरेर नारावाजी समेत गरेका थिए ।

सुन्दरहरैचा नगापालिका वार्ड नं १२ स्थित विराटचौकामा भएकाे ट्रिफर दुर्घटनामा परी चुडामणि ढकालकी छाेरी लक्ष्मी ढकालकाे घटनास्थलमै मृत्यु भएपछि अाक्राेसित स्थानीयले ११ वटा ट्रिफरमा अागजनी गरेका छन् । टिफर जलेर पूरै ध्वस्थ भएका छन्।

कसरी भयो घटना ?
इन्द्रपुर स्कुलमा कक्षा ३ मा अध्ययनरत ११ बर्षिया बालिका लक्ष्मी ढकाल सोमबार बिहान करिब ८.४५ बजे सुन्दरहरैचा ११ स्थित सडकमा बाटो काटने क्रममा थिईन । सोही बेला बिराटचौकबाट त्रिब गतिमा दक्षिणतर्फ गइ रहेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दियो । बालिका छटपटाउन थालिन, त्यहि क्रममा ट्रिपर चालकले ब्याक गरे,वालिकाको तत्कालै मृत्यु भयो ।
सुन्दरहरैँचा १ कुमारगाउँका चुडामणी ढकालकी छोरी लक्ष्मी काका लेखनाथ ढकालसँगै बस्दै आएकी थिइन् । घटना भएपछि होहल्ला भयो,तत्कालै ट्रिपर तिब्रगतिमा भाग्यो । केही स्थानीयले पिछा गर्न थाले भने केहीले शव भएको स्थानमा भेला भए । केहीक्षणमा बेलेपुरमा पुगेको ट्रिपर रुखमा ठोकियो र दुर्घटना भयो । आक्रोशित स्थानीय त्यहि गए र तत्काल आगो झोसे । घटना देखेका स्थानीय झन आक्रोशित बन्दै गए । उनीहरूले सोही क्षेत्रमा दौडिरहेका ७ वटा ट्रिपरमा आगो झोसे । एकैछिनमा सो क्षेत्र धुवाँले ढाक्यो ।
स्थितिले अर्कै मोड लियो । स्थानीयबासी ट्रिपर आतंकको बिरोधमा प्रर्दशनमा उत्रिए । प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे परेपछि निशेधाज्ञा जारी गर्नुपर्यो ।