मालपोत कार्यालयमा शाखा नै पिच्छे घुस खुवाउन बाध्य छन् सेवाग्राही

  • १६ माघ २०७५, बुधबार

दिपेन्द्र यादव, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरुलाई प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाध्यता रहेको खुलेको छ । लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको खुलेको हो ।

विभिन्न नगरपालिका र गाउँपालिकाबाट आएका सेवाग्रहीलाई दवाब र तनावमा राखेर कर्मचारीहरुले घुस खाने गुरेको र तिर्न बाध्य पारेको स्वयम लेखापढि व्यवसायीहरुले खुलासा गरेका छन् । मालपोतमा सबै भन्दा बढी भ्रष्टाचार रहेको सरकारी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुशान्धास आयोग र भ्रष्टाचारको अध्ययन अनुसंधान गर्ने अन्तराष्टिय संस्था ट्रान्सपरेन्सि इन्टरनेशनल समेतले मातलोतमा भ्रष्टाचार देखाएकोमा सुनसरी मालपोतमा संस्थागत भ्रष्टाचार र घुसखोरी बढेको फेला परेको छ ।

पत्रकार र अधिकारकर्मीहरुले जिल्ला मालपोत कार्यालयमा गरिएको रिपोटिंग र अध्ययनबाट लेखापढी व्यवसाय वा सेवाग्राहीले आफै लिखत लगेको मोठ भिडाउनेदेखी घुसको श्रृखला सुरु भएपछि लालपुर्जा लिदाँ वा दृष्टि बन्धक हो भने सिफारिस कागजसम्म लिदाँ १ सय रुपैँया देखि ५ सय रुपैँया सम्म घुस दिनुपर्ने बाध्यता सेवाग्राहीलाई रहेको पाइएको छ ।

विना पैसाको यहाँका कर्मचारीहरुले कुनै पनि कामै नगरेको सेवाग्राही रामकुमार शाहले गुनासो गरे ।

यहाँ मालपोतका कर्मचारीहरुले सिधे सेवाग्राहीसंग केही शाखामा घुस रकम नलिए पनि प्रायःले लिखतको संख्याका आधारमा लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको नेपाल लेखापढि व्यसायसी एसोसिएसन सुनसरीका अध्यक्ष नारायण प्रसाद आचार्यले पुष्टि गरे । अध्यक्ष आचार्यले मालपोत कार्यालय धेरै जमघट हुने र सम्पतीको कारोबार हुने ठाउँ भएकाले दुई चार सय रुपैँयाको लगानी वा बढी खर्चलाई सामान्य रुपमा हेर्ने भएकाले समेत घुसखोरी बढेको बताए । मालपोत कार्यालय मालपोत अधिकृत मातृका दंगालले लेखापढी व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुख देखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको नभई लेखापढी व्यवसायीले कर्मचारीको बदनामका लागि त्यसो भनेको प्रतिकृया दिए । मालपोतका अधिकृत दंगालले यसतो प्रतिकृया दिएपनि सेवाग्राहीहरुले भने सबै शाखामा घुस नदिई कामै नहुने बताएका छन् । सेवाग्राहीहरुले भने यदी अतिरिक्त रकम वा घुस रकम नदिएसम्म मोठको काम , कम्पुटरमा इन्ट्रि गर्ने काम वा कम्पुटरमा फोटो खिच्ने काम या पुर्जा दिने काम मध्ये कुनैपनि काम सहज नहुने आक्रोस पोखेका छन् ।

सुनसरीको देवानगञ्जका सेवाग्राही भरौसी यादव र भोक्राहा नरसिंहका गोपाल कुमार मण्डलले मालपोतमा मोठ भिडाउनेदेखी पुर्जा पाउनेसम्म विना पैसा कामै नभएकाले एक हप्तासम्म धाउनुपरेको गुनासो गरे । मेहताले मालपोतमा अनलाईन सेवाको नाममा थप सास्ती र घुस खानका लागि कर्मचारीलाई बाटो खोलिदिएको बताए । पैसा दिएपछि नेटले काम गर्छ नदिए नेट विग्रेको कर्मचारीले प्रतिकृया दिने गरेको एक लेखापढि व्यवसायले बताए । सेवाग्राहीबाट लेखापढीले बाध्य भएर घुसको रकम संकलन गरेर बुझाईरहेको ति लेखापढी व्यवसायले प्रतिकृया दिए ।

रोक्का र फुकुवाको चिठि दिने शाखामा समेत एक सय रुपैँया देखी तीन सय रुपैँया घुस मागेर नै लिने गरेका छन् । यस शाखामा बस्ने कर्मचारीहरुले अधिकार नै सम्झेर मागिमागि पैसा लिने गरेको छ । आईतबार, सोमबार र मंगलबार इनरुवाका सञ्चारकर्मीहरुले सेवाग्रहीहरुको गुनासो सुनेर यर्थात जान्नका लागि कार्यालयमा पुग्दा त्यही दृष्य फेला परे ।

कार्यालयमा विहान कार्यालय समयमा १२ जना कर्मचारीहरु कालो कोट, कालो पैन्ट र सेतो सर्ट सहित पोसाकमा र अन्य २० जना कर्मचारी आफ्नै खालको जाडोबाट छल्न सक्ने कपडामा प्रवेश गरे । उनीहरु सबै हाजिरि गरेर आ आफ्नो शाखा तर्पm लागे । शाखामा गएपछि केही मिटेनपछिबाट सेवाग्राही र लेखापढि व्यवसायहरु एकपछि अर्को कार्यालयमा पस्न थाले । मोठ भिडाउनmे फोटो खिचाउने, तोक लगाउने देखि रसिद काट्ने र पास गर्नेसम्म तथा पुर्जा बनाउने ठाउँसम्म एकाएक भिड बढेको दृष्य देखियो । त्यसबीचमा सबै कर्मचारीहरु सेवाग्राहीको अनुहार भन्दा लेखापढिको अनुहार हेर्दै कस्को काम हो भन्दै टिप्दै काम गर्न थाले त्यसमा एक जना सेवाग्राहीले पैसा अतिरिक्त नतिरि आझै काम गराउने भनेर विहीबारदेखी धाईरहेका थिए । आईतबार फोटो खिच्ने ठाउँमा फोटो खिचेको पैसा लाग्दैन भनेर पढेको र सोही अनुसार पैसा नदिई लाईनमा बसे तर लाईनमा बसेको बसे र पछाडि आएकाहरुको काम भएपनि ती सेवा ग्राहीको काम भएन् । सेवाग्रही थिए सुनसरीको इनरुवा ९ का भोलादेवी यादव । उनी कृषि विकास बैंकबाट ऋणका लागि जग्गा दृष्टबन्धक राख्नका लागि गएको बताइन् । उनी आफैँ ऋण खाने महिला अरुलाई घुस कसरी खुवाउने भनेर आफै कागजात सहित लाईनमा बसिन् तर काम भएन । सोही बीचमा संचारकर्मीहरु रिपोर्टिडंका क्रममा यो समस्या के भएको मालपोत अधिकृत मातृका दंगाललाई भन्दा उनले आधा घण्टामा फोटो र पासको काम सम्पन्न गराई पठाएको बताए । त्यसपछि रामधुनी नगरपालिका २ की एक सेवाग्राहीले समेत आफ्नो काम आफँै गराउने चार ठाउँमा १ सय देखी ५ सय रुपैँयासम्म दिदाँ दुई हजार रुपैँया खर्च बढी देखेर आपैm लाइनमा गए तर उनको पनि काम भएन् । एक दिन भएर दोस्रो दिन आउदाँ कर्मचारीले काम गर्दैछु , नेट छैन भन्दै ललाई फकाई घर पठाई दिए तर सोही ठाउँमा लेखापढीको ५ सय रुपैँया दिएकाहरुको फटाफट काम भएको गुनासो सुनाए