पथरीका जनप्रतिनिधिबिच गांड कोराकोर, उपमेयर र वडाध्यक्षको मनमुटाव छताछुल्ल

  • १७ माघ २०७५, बिहीबार

पथरी / कार्यपालिका बैठकमा छलफल भएर टुंगिएको विषयलाई उचालेर आफुप्रति लाञ्छना लगाउने समाचार सम्प्रेषण गरिएको भन्दै मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आपत्ति जनाएकी छिन् ।

नगरपालिकाको ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सो वडाको कोशेली चोकको योजना सदस्यहरुसँग सल्लाह नगरी सारेर काम थालेको भन्दै  सोही वडा सदस्यहरु अम्वरबहादुर बराइली, तुलसादेव दर्जी र दिलु मगरले न्यायिक समितिमा उजुरी गरेका थिए ।  सो विषयमा माघ १५ गते भएको न्यायिक छलफलमा सदस्यहरुसँगको सल्लाहविना योजना अन्यत्र सारिएको निष्कर्ष निकालिएको  थियो ।

‘कोशेली चोक पश्चिम पैनीबाट होक्सेलीको घरपूर्व ड्रेन निर्माण तथा साघुँरो पैनी कल्भर्टमा ह्युमपाइप’ शिर्षकको योजनालाई अन्यत्र सारेको र वडाध्यक्षले उपभोक्ताहरुलाई उचालेर विवादित बनाउन प्रयास गरेको अनि सो विषयलाई लिएर कार्यपालिका वैठकमा समेत वडाध्यक्ष भण्डारीले अभद्र व्यवहार प्रस्तुत गर्दै आफु विरुद्ध लगातार लाञ्छना लगाएको उपप्रमुख बिष्टले बताइन् ।

सो बिषयमा भ्रामक समाचार  सम्प्रेेेसण भएको भन्दै उनले  कार्यपालिका बैठक र त्यसपछिको छलफलमा अन्यत्र सारिएको योजना भएपनि सम्पन्न भएको कामको रकम  तत्काल निकासाको प्रक्रिया अघि बढाइएको स्पष्ट पारिन् । उजुरी परेपछि त्यसबारे बुझ्न ३ दिनको समय पर्खन लगाउंंदा काममा बाधा पुर्याएको भन्दै आफु विरुद्ध मिडियावाजी भएको उनको भनाई छ ।

त्यसैगरी कार्यपालिका वैठकमै निर्णय भएअनुसार पथरी क्याम्पसका ११ छात्रालाई वितरण गरिएको साइकलको विषयलाई समेत उपप्रमुखको मनोमानी भनी प्रचार गरिएकोप्रति पनि उनले आपत्ति प्रकट गरेकी छिन्  ।