बेरोजगार भत्ता दिने कार्यक्रम पनि ल्याउन लाग्यो सरकारले, कार्यान्वयन पो हुन्छ कि हुन्न !

  • २४ माघ २०७५, बिहीबार

स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने महत्वाकांक्षी योजनाका साथ सरकारले फागुन  १ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ ।

चालू आर्थिक वर्षको बजेटमा  घोषणा भएको  प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रम ल्याउन लागेको नागरिक दैनिकमा समाचार छ ।

उक्त कार्यक्रम कार्यान्वयनका लागि  फागुन १ गने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने भएका छन् ।

सरकारले बेरोजगार भत्ता दिँदा एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूत गर्नेछ। अर्थात् केही रोजगारी नपाएका बेरोजगार युवालाई सरकारले १०० दिन बराबरको न्यूनतम १०० दिन बराबारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेछ । हाल सरकारले मासिक न्यूनतम पारिश्रमिक आठहजार पाँचसय रुपैयाँ तोकेको छ ।

बरोजगार कहलिनका लागि सम्बन्धित श्रमिकको एकाघरका कुनै पनि सदस्य स्वदेशी वा विदेशी रोजगारी र पेशामा सामेल भएको हुनुहुँदैन । बेरोजगार भत्ता पाउनेलाई सरकारले सकेसम्म तोकिएको क्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ ।