ह्वाइट हाउस इन्स्टिच्यूट धनकुटाद्वारा चीन पढ्न जाने विद्यार्थीहरुलाई बिदाई

  • १८ फाल्गुन २०७५, शनिबार

ह्वाइट हाउस इन्टरनेस्नल इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट धनकुटा शाखाले संचालन गरेको कलेजका पहिलो ब्याचका विद्यार्थीहरुलाई एक बर्षका लागी चाइना लगायतका विदेशी मुलुकहरुका इन्टनसिपका लागि विदेश पठाएको छ ।
इन्स्टिच्यूटले पहिलो ब्याचका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी शनिबार  बिदाई गरेको छ । इन्स्टिच्यूट धनकुटा शाखाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नम्वर १ का सांसद लिला सुब्बा,धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,एन प्यापसनका प्रदेश नम्वर १ का सचिव राजन पौडेल,शिक्षक ज्योती श्रेष्ठ,सो इन्स्टिच्यूटका पूर्व प्रिन्सिपल अमित रञ्जन यादव लगायतले प्राविधिक शिक्षा र होटल म्यानेजमेन्ट शिक्षाको महत्त्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । सो अबसरमा उत्कृष्ट विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा महिला अधिकारकर्मी कोपिला शंकर,नेपाल पत्रकार महासंघ धनकुटका उपाध्यक्ष नगेन्द्र राई,सहसचिव हरी वहादुर लम्जेल,कोषाध्यक्ष नारायण राई,बिनोद घिमिरे,नेपाल प्रेस युनियनका सचिव किकास घिमिरे,अभिभावक रविन्द्र नेपाली लगायत अभिभावकहरु शिक्षकहरुको सहभागीता रहेको थियो । – विजय राई,धनकुटा