बेलबारी जेसिजको आयोजनामा एक दिने उद्घोषण तथा उत्प्रेरणा तालिम सम्पन्न

  • २४ फाल्गुन २०७५, शुक्रबार

बेलबारी जेसिजको आयोजनामा एक दिने उद्घोषण तथा उत्प्रेरणा तालिम सम्पन्न भएको छ ।
मोरङ बेलबारीस्थित बेतना पर्यटकीय क्षेत्रमा रहेको बेतना सिमसार सामुदायिक वनको सभाहलमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको प्रमुख आतिथ्यतामा भएको उद्घोषण तथा उत्प्रेरणा तालिममा ५० जना युवा युवतीहरु सहभागी भएका थिए ।
तालिममा तरहरा जेसिजका अध्यक्ष भिम गिरीले सहजीकरण तथा प्रशिक्षण दिएका थिए ।
बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बेलबारी जेसिजका महासचिव बाबुराम श्रेष्ठले गरेका थिए । त्यस्तै बेलबारी जेसिजका महासचिव राजेन्द्र अधिकारीले स्वागत मन्तब्य र निवर्तमान अध्यक्ष राजन प्रसाइंले कार्यक्रमबारे प्रकाश पारेका थिए । तालिम उद्घाटन कार्यक्रममा बेलबारी  ३ का वडाध्यक्ष योगेन्द्र सुवेेदी, नेकपा बेलबारीका नगर इन्चार्ज  परशुुराम सुवेेदी तथा कांंग्रेस नेेेता महेन्द्र सुवेदी लगायतको पनि उपस्थिति थियो ।