अपांगमैत्री नभएपछि अपाङ्गले नै भत्काइदिए निर्माणाधीन सडकपेटी

  • १४ चैत्र २०७५, बिहीबार

काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको छ ।  
ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन मिल्ने नभएका कारण पीक र हतौडाले हिर्काएर फुटपाथ बनाउनका लागि लगाइएको ब्लक भत्काइदिएको हो । उनीहरुले सडक विभागलाई पटकपटक अपांग मैत्री सडक बनाउनका लागि आग्रह गरेको पत्र देखाउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए ।
खगेन्द्र नवजीवनका कारण चुच्चेपाटी–नारायणटार सडकखण्ड अपाङ्गता भएका व्यक्ति ओहोरदोहोर गर्ने प्रमुख बाटो हो ।  डक पूर्वाधार ह्विलचेयर नगुड्ने र अपाङ्गता भएकाले थप सास्ती बेहोर्नुपरेको भन्दै हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पहलमा चन्दा संकलन गरेर चार वर्षपहिले र्याम्प खडा गरिएको थियो ।
अहिले सडक विस्तारका नाममा बल्लतल्ल बनेको र्याम्पसमेत भत्काइएको भन्दै अधिकारकर्मीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका ध्यानाकर्षण गराएका थिए । मन्त्री महासेठले सडक बनाउँदा पेटी ह्विलचेयर गुड्न सक्ने, अपाङ्गतामैत्री बनाउन निर्देशन दिए पनि ठेकेदार र सडक विभागका इन्जिनियरले वास्तै नगरेको, पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नै नभएको भन्दै अपाङ्गता भएका व्यक्तिको धैर्यको बाँध टुटेको हो ।