प्रधानमन्त्री आउनै लाग्दा टेण्डरै नगरी सडक पिच, बजेट नदिने नगरपालिकाको घोषणा  

  • १७ चैत्र २०७५, आईतवार

कुमार खड्का,मंगलबारे / मोरङ उर्लावारी-३ स्थित मंगलवारेमा रहेको मदन भण्डारी प्रतिष्ठानको २५ औँ रजत महोत्सवको उद्घाटन गर्न आईतवार प्रधानमन्त्री आउने भएपछि शनिवार बाटो कालोपत्रे गरिएको छ ।

शुक्रवार राति ९ वजे प्राइमर लगाएको सो वाटो केपि शर्मा ओली आउने भएपछि शनिवार दिउसो ३ वजेदेखि कालोपत्रे गर्न थालिएको हो ।

यसरी देशका प्रधानमन्त्री को स्वागत सम्मानका लागि प्राइमर लगाएको २४ घण्टा पनि वित्न नपाउदै तयार गरिएको कालोपत्रे सडक कस्तो वन्ला भन्ने स्थानियको गुनासो रहेको छ ।
सोही स्थानमा केही समय अगाडी सम्माननीय राष्ट्रपति आउँदा ग्रभेल रहेको सो सडक अहिले प्रतिष्ठानले आफ्नो नियमित कार्य भन्दै रातारात कालो पत्र गरेको छ ।

कालोपत्रे नगरपलिको ११ लाख र मदन भण्डारी प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारको साझेदारीमा बन्दै गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक बिनोद अर्यालले बताएता पनि नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद भट्टराईले भने समझौता नभएको वताएका छन् ।

कालोपत्रे नगरपालिका र प्रतिष्ठानको साझेदारीमा बनेको भनिएता पनि कालोपत्रेको विषयमा नगरले कुनै स्टमेट नगरेको र बनेको विषय आफुले वाहिर बाट थाहा पाएको नगरपालिकाका इन्जिनियर रोशन उदासले बताए ।

आफ्नो अनुकुल बाटो बनेको र बिकाश निमार्ण हुन मन्त्रीनै आउनु पर्ने रहेछ भन्दै स्थानिय यसरी वनेको बाटो दिर्गकालिन हुन नसक्ने बताएका छन् ।
विकाश र समृद्धिको नारा वोकेको ओली सरकार र उनि आउदा मात्रै यसरी राता रात बाटो कालोपत्रे गर्दा विकाश र समृद्धिको नाममा जनताको आखामा छारो हाल्ने काम भएको स्थानियको भनाई रहेको छ ।

महेन्द्र राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३०० मिटर लामो सो सडक निर्माण गरिएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद आर्यालले बाटोको बिषयमा प्रधानमन्त्री आउने भएर निमार्ण गर्न लागिएको नभएको वताएका छन् ।

आर्यालले अलकत्रा छरेको २४ घण्टा र कालोपत्रे गरेको २४ घण्टामा बाटो प्रयोग गर्न मिल्ने पनि बताए । यता २४ घण्टा राख्दा शनिबार ३ बजे गरेको कालो पत्रले आईतवार ओली हिड्न नमिल्ने होकी भन्ने अर्यालको भनाईले नै पुष्टी गर्छ ।

बाटो कलोपत्रे गरिएकोप्रति वडा सदस्य राम तिम्सिनाले समेत आपत्ति जनाएको छन् । उनले जनताबाट उठाइएको पैसा दुरुपयोग गरिएको भन्दै छानबिनको माग राखे ।

उर्लाबारी नगरपालिकाले भने बिना टेण्डर गरिएको कामको लागि नगरपालिकाले बजेट निकासा नगर्ने जनाएको छ । मेयर खड्ग फागोले शनिबार एक टेलिभिजन कार्यक्रम मार्फत सो कुरा बताएका हुन् ।