पुलको एक कार्यक्रमका बिच पूर्व सांसद हेमराज भण्डारीले विहिवार पुल शिलान्यास गरेका हुन्  । एक करोड ३० लाख रुपैयाँको लागतमा तमोर नदिमा झोलुङ्गे पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका ७/८ हजार भन्दा बढी स्थानीयलाई आवतजावतमा सहज हुने भएको हो ।

फलामेटारका अधिकांश स्थानीयको जग्गा छिमेकी जिल्ला तेह्रथुमको पञ्चकन्यामा रहेकोले पुल नहुँदा दैनिक घाँस दाउराकै लागि डुंगा तरेर पारी जानुपर्ने बाध्यता रहेको छ । पटकपटक सर्बे गर्ने र सर्बे गरिसकेपछि काम नहुने प्रवृत्तिले आजित बनेका स्थानीय यो पटक भने पुल निर्माण हुने भएपछि निकै हर्षित भएका छन् ।

झोलुङे पुल महाशाखाको लगानीमा निर्माण हुन लागेको पुलको ठेक्का थानी निर्माण सेवा कम्पनीले लिएको छ ।डेढ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको पुलको लगानी एक करोड ३० लाख रुपैयाँ हुनेछ । पुलका लागि आवश्यक लठ्ठा  झोलुङे पुल महाशाखाले उपलब्ध गराउने निर्माण कम्पनीका लेख बहादुर बस्नेतले जानकारी दिए । – ईश्वर थापा,धनकुटा