जेलमै सडिनेभो छोरीलाई करणी गर्ने मोरङको एउटा पापी, ४१ बर्ष कैदको फैसला

  • २६ चैत्र २०७५, मंगलवार

आफ्नै दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ कानेपोखरीका एक ब्यक्तिलाई अदालतले जन्मकैद सजाय तोकेको छ ।

मोरङको कानेपोखरी–५ का नाम बदलिएका ३९ वर्षीय जिते माझीलाई अदालतले जन्मकैद सजाय तोकेको हो । आफ्नै १२ र १४ वर्षका दुुई छोरीहरूलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा माझीलाई गत असोजमा इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
जिल्ला अदालत मोरङले उनलाई २५ वर्ष जन्मकैद र थप १६ वर्षसहित ४१ वर्ष जन्मकैद तोकेको अदालत श्रोतले  जनाएको छ ।

माझीले जबरजस्ती करणी गर्ने गरेपच थाहा पाएपछि मावली पक्षले माझी विरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।  मावली गएका वालिकाहरु घर फर्कन नमानेपछि सोधीखोजी गर्दा करणीको रहस्य खुलेको थियो ।