गोठगाउंँलाई नै प्रदेश १ को राजधानी बनाउन सुन्दरहरैचा नगरपालिकाको माग
- १० बैशाख २०७६, मंगलवार
प्रदेश १ को राजधानी कहाँ बन्ने र नाम के हुने भन्नेे अन्योल भइरहेको बेला सुन्दरहरैचा नगरपालिकाले प्रदेश नं १ को राजधानी गोठगाउमा बनाउन माग गरेको छ ।
नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालद्वारा दोस्रोपटक मंगलबार निकालिएको प्रेस विज्ञप्तिमा प्रदेश नं १ को राजधानी गोठगाउमा अवस्थित पुर्वाञ्चल विश्वविधालयको प्रयोग बिहिन खाली जग्गामा बनाउन माग गरिएको छ ।
विज्ञप्तिमा नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरित भई तिनै तहका निर्वाचन सम्पन्न भई सरकार गठन भई सकेको लामो समय भइ सक्दा पनि प्रदेश नं १ को केन्द्र / राजधानी तोक्न प्रदेश सांसद असफल भएकोमा घुुमाउरो पाराले असन्त्तुष्टि जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘नगरपालिकाको वार्ड नं ७ र ८ मा अवस्थित गोठगाउंँ क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेको ८०५ विगाह जग्गामा पुर्वाञ्चल विश्व विधालयका भवन तथा संरचनाहरु रहेका छन् । उल्लेखित विश्व विद्यालयसँग स्थानिय सरकार तथा सरोकारवालाहरुको बारम्बार अनुरोधका बाबजुद पनि सम्पुर्ण प्रशासनिक सेवा , प्राज्ञिक कार्यक्रम गोठगाउंँबाट सञ्चालन नगरेको अवस्था छ । सो विश्वविधालयका निर्मित संरचनाहरु प्रयोग बिहिन रहदा जिर्ण र कमजोर बन्दैछन भने अर्को तर्फ प्रदेश सरकार प्रदेशको राजधानी तोक्नका लागि पुर्वाधारयुक्त स्थानको खोजीमा छ ।’
विज्ञप्तिमा विश्वविधालयको क्षेत्रफल भनिएको ८०५ विगाह जग्गा र संरचनाहरु रहेको गोठगाउंँ क्षेत्र सोलुदेखि इलामसम्मको मध्य भाग पर्ने तथा पुर्व पश्चिम लोकमार्गले छोएको व्यवस्थित ६ लेनको सडक सञ्जालद्वारा जोड्दा विराटनगर २० किमि इटहरी १० किमि , दमक ३० किमि मा पुग्न सकिने र तत्काल प्रदेश मन्त्रालयहरु राख्न ब्यबस्थित पार्किङ सहितको भवनहरु प्रशस्त रहेकाले गोठगाउँ नै प्रदेश राजधानीका लागि उपयुक्त भएको दाबी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘सुन्दरहरैचा नगरपालिका विगत १५ वर्ष देखि कहिल्यै बन्द नहुने उदयमान नगरको रुपमा स्थापित भईरहेको र मोरङका ९ वटा स्थानिय तहका प्रमुखहरुको बैठकबाट उक्त ८ सय ५ विगाह जग्गा मध्ये ३ सय ५० विगाह जग्गामा प्रदेशको केन्द्र / राजधानी राख्न उपयुक्त हुनेछ ।’
बिज्ञप्तिमा प्रशासनिक सेवा प्रवाहमा सुगमता हुने , भौगोलिक हिसाबले प्रदेशको मध्य भागमा पर्ने , सामाजिक/सांँस्कृतिक हिसाबले सामाजिक सहिष्णुता सहितको मिश्रित समाज , वातावरणीय हिसाबले अनुकुल , व्यवस्थित , हरियाली सौन्दर्यले भरिपुर्ण र सम्भावनाका हिसाबले दिगो र वातावरणमैत्री पुर्वाधार विकास गर्न पर्याप्त स्थान रहेको उक्त खाली जग्गामा प्रदेशको राजधानी बनाउन उपयुक्त देखिएकोले सोहि ठाउंँमा प्रदेशको राजधानी तोक्नका लागि प्रदेश नं १ का मुख्य मन्त्री, मन्त्रीपरिषद , प्रादेशिक सांसदहरु लगायत सम्पुर्ण सरोकारवालाहरुसंँग जोडदार माग गरिएको छ ।