लोहान्द्रा र चिसाङ खोलामा तटबन्ध गरिदै, संघीय र प्रदेश सरकारले दिए झण्डै ३ करोड

  • २ जेष्ठ २०७६, बिहीबार

मोरङको बेलबारीमा रहेका लोहन्द्रा र चिसाङ खोलामा तटबन्धन गर्नका लागि उपभोक्ता समिति गठन गरी काम अघि बढाईएको छ ।
बेलबारी १, र ५ नम्बर वडाको लोहान्द्रा खोलामा तटबन्धन गर्नका लागि संघिय सरकार मार्फत २ करोड भन्दा वढि बजेट आएको र उक्त बजेट मार्फत लोहन्द्राका ४ स्थानमा तटबन्धन गरीने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए।
लोहन्द्रा खोलामै प्रदेश सरकारले ३ स्थानमा तटबन्धन गर्ने गरी ८० लाख बजेट दिएको छ । चिसाङ खोलामा तटबन्धन गर्न तिन स्थानका लागि ८० लाख बजेट आएको समेत मेयर सुवेदीले बताए ।
आफुले चुनावका समयमा वोलेका कुराहरु पुरा गर्न विहान वेलुका खाना समेत नखाई लागेको सुवेदीले बताए ।  सम्बृद्ध नगर बनाउनका लागि भोक निन्द्रा नभनी लाग्ने उनले बताए ।

बुधवार नगरपालिका कार्यालयमा स्थानिय वासिन्दासँग मेयर ज्ञानेन्द्र सुवेदीले आकाशमा कालो वादल देख्न साथ भोक निन्द्रा हराउने गरेपनि अब ढुक्क हुन आग्रह गरे ।

उनले नगरपालिकामा दुई वटा खोलाबाट र वार्षिक लाखौ रुपैया क्षति हुने गरेको अनि लोहान्द्रा र चिस्याङ खोलाको तटबन्धन गर्न थालिएकाले अहिले अलिक निन्द्रा लाग्न थालेको बताए । बर्खाको समयमा उपद्रो मच्चाउने दुई वटा खोला तटबन्धन गर्न थालेको समेत उनले सुनाए ।उनले सम्बृद्ध नगर बनाउनका लागि भोक निन्द्रा नभनी लाग्ने दाबी गरे ।