केन्द्रिय कमिटीले तोकेका अध्यक्ष र सचिव परिवर्तन गर्दै नेकपा मोरङमा नयाँ नेतृत्व चयन

  • २४ जेष्ठ २०७६, शुक्रबार

केन्द्रीय नेतृत्वले तोकेको नेतृत्व परिवर्तन गर्दै नेकपा मोरङमा नयाँ नेतृत्व चयन भएकाे छ ।

पार्टी एकतापछि केन्द्रीय कमिटी सदस्य बनेका विनोद ढकाल र गोपी अछामीले नेतृत्व गर्दै आएको नेकपाको जिल्ला नेतृत्व परिवर्तन भएको हो । परिवर्तित नेतृत्वमा  पूर्व एमाले सचिवका ऋषिकेश पोखरेल अध्यक्ष र पूर्व माओवादीका जिल्ला संयोजक गणेश उप्रेती सुशिल सचिवमा चयन भएका छन्  । मोरङ जिल्ला कमिटीको पहिलो बैठकबाट पाेखरेल र उप्रेतीलाइ नेतृत्वमा ल्याउने  निर्णय गरेको हो ।
केन्द्रीय कमिटीले पूर्व नेतृत्व गर्नेलाई नै जिल्ला पार्टी एकिकरण गर्दाको संयोजक र सहसंयोजक तोकेको थियो । यसअघि अध्यक्ष र सचिव बनाइएका दुवैजना केन्द्रीय कमिटी सदस्य भइसकेका छन् । पार्टीकाे प्रदेश कमिटीले स्विकृत गरेपछि नयाँ नेतृत्वले बैधानिकता पाउनेछ ।

नेतृत्व हस्तान्तरण पछि नेकपा केन्द्रीय सदस्य विनोद ढकालले पार्टी एकिकरणको प्रारम्भ भएसँगै कार्यदल बनाई पटक– पटकको छलफलबाट पोखरेल र उप्रेतीलाई नै जिल्लाको नेतृत्वको लागि सिफारिस गरेको बताउदै त्यसैलाई कार्यान्ययन गर्न पहिलो बैठकबाटै नेतृत्व हस्तान्तरण गरेको जानकारी दिए ।
बुधबार नेकपा मोरङका सदस्यहरुको सपथग्रहणको कार्यक्रम सम्पन्न भएपछि बसेको पहिलो बैठकको अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य विनोद ढकालले पूर्ववत सहमति अनुसारको प्रस्ताव वैठकमा राखेका थिए । ढकाललको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो  । यहि निर्णय अनुमोदनको लागि प्रदेश तथा केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको छ ।

यसैबिच बिहिबार नै बसेको वैठकले अध्यक्ष पोखरेलको नेतृत्वमा ५ सदस्य कार्यालयको टीम निर्माण गरेको छ । जसको सचिवमा गणेश उप्रेती सुशिल, रामलाल साह, बाबुराम कार्की र खेम भट्टराई सदस्य रहेका छन् । मोरङमा एकसय ८७ जना जिल्ला सदस्यले बिहिबार सपथ ग्रहण गरेका छन् ।

को को परे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मोरङ जिल्ला कमिटीमा, थाहा छ ? (नामावली सहित)