मोरङमा लागू हुन थाल्यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम , बेलबारीका २ सय युवाले पाए रोजगारी

  • १ असार २०७६, आईतवार

उत्तम पोख्रेल / प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत बेलबारी नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासमा रोजगारी दिन थालेको छ ।

सिमसारको नगरपालिकाका रुपमा चिनिएको बेलबारीलाई उक्त कार्यक्रम मार्फत पर्यटकिय क्षेत्रको विकास गरिने गरी काममा लगाउन थालिएको नगरपालिकाले जनाएको छ ।
नेपालका एक सय पर्यटकिय गनतब्यको सुचिमा परेको धनपाल गढिको सरसफाई गर्दै बेलबारी नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममाका लागि आवेदन फारम भरेकाहरुलाई छनोट गरी रोजगारी दिन थालेको छ । बेलबारीले १ सय ९९ जनाले यस आर्थिक बर्षमा पर्यटकिय क्षेत्रको विकासमा रोजगारी पाउने प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार शाहले बताए ।

सवै वडामा सिमसमार क्षेत्र तथा अन्य पर्यटकिय क्षेत्रहरु रहेका छन् मेयर ज्ञानेन्द्र सुवेदीले भने बेलबारीलाई चिनाउने गरी हामिले पनि काम गरिरहेका छौ । दैनिक काममा आउनेले प्रचार प्रसार समेत गर्ने उनले बताए ।
२१ वटा सिमसार रहेको नगरपालिमा डिपिआर समेत निर्माण भएकोले पछिल्लो सयमा पर्यटकिय क्षेत्रको बिकासमा नगरपालिकाले चासो देखाइरहेको छ ।

प्रदेश नम्बर एककै नमुना मानिने बेतना सिमसार समेत रहेको बेलबारीमा अन्य साना ठुला गरेर २१ वटा सिमसारको पहिचान गरिसकेको छ । १ नम्बर वडाले अमना, सिसौलि लगायतका क्षेत्रको सरसफाई सगै बृक्षा रोपणलाई ध्यान दिने जनाइएको छ ।

बेलबारीको पहिचान लागि १० हजार बेलका विरुवा रोप्ने योजना सारेको बेलबारीले बृक्षारोपणलाई समेत प्राथमिक्ता दिने प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार शाहाले बताए । उनले बेरोजगार रहेका युवाहरुललाई रोजगारी सगै नगरको आमदानि समेत हुने बताए । उत्पादनसिल क्षेत्रमा युवाहरुलाई प्रयोग गरिएको उनले बताए । स्वारेजगारमा छानिएर काम गर्ने सवै युवा रहेका छन् ।
बेलबारीमा एक हजार चार सय सात जनाले फर्म भरेका थिए । रोजगारी पाउनेले दैनिक ५ सय १७ रुपैयाका दरले ३० दिनको भत्ता पाउने प्रधामन्त्री स्वारोजगार कार्यक्रमका संयोजक विनोद दाहालले बताए । एउटा वडामा १८ जना छानिएका छन् ।