पोहोरको भन्दा २० करोड बढी अर्थात एक अरबको बजेट ल्यायो बेलबारी नगरपालिकाले

  • १० असार २०७६, मंगलवार

बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट बिनियोजन गरेको छ ।

चौथो नगरशभामा नगरपालिकाले पुंँजीगत तर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ । जुन कुल बजेटको ४२ दशमलव १२ प्रतिशत हुन आउछ । चालु तर्फ ५८ करोड ४१ लाख ३२ हजार जुन ५७ दशमलव ८८ प्रतिशत बजेट नगरशभामा बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले नगरशभामा पेश गरिन् ।

प्रशासनिक कार्यतर्फ  वडा स्तरिय कार्यालय संचालनको लागि ६० लाख ५० हजार र नगरपालिका तर्फ १२ करोड १८ लाख ५९ हजार गरी १२ करोड ७९ लाख ९ हजार बिनियोजन गरेको छ । जुन कुल बजेटको १२ दशमलव ६६ प्रतिशत देखिएको छ । आर्थिक विकास समिति तर्फ ४ करोड १२ लाख ६० हजार बराबरको रकम विनियोजन गरेको छ। जुन कुल बजेटको ४ दशमलव ०८ प्रतिशत हुन आउँछ । सामाजिक विकास समिति तर्फ २४ करोड ८४ लाख ६ हजार बराबरको रकम विनियोजन नगरपालिकाले गरेको छ । जुन कुल बजेटको २४ दशमलव ६१ प्रतिशत हुन आउने देखिन्छ ।

सार्वजानिक सेवा तथा क्षमता विकास समिति तर्फ १ करोड १६ लाख ३३ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छ । जुन कुल बजेटको १दशमलव १५ प्रतिशत हुन आउँछ ।

वातावरण तथा विपद् व्यवस्थापन विकास समितितर्फ नगरस्तरीय वातावरणिय तथा विपद् व्यवस्थापन कार्यक्रममा ६० लाख र वडास्तरिय कार्यक्रममा १० लाख ५१ हजार गरी जम्मा ७०लाख ५१ हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधार विकास समिति तर्फ २८ करोड ९६ लाख ४७ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छु । जुन कुल बजेटको २८दशमलव ७०प्रतिशत हुन आउँछ । लागत सहभागिता ३ करोड बराबरको बजेट तथा कार्यक्रम अनुसूचिमा यसै साथ समावेश गरिएको छ ।

यस्ता छन् निति तथा कार्यक्रममा समेटिएका योजना

यस्तै नगरशभा नगरपालिकाले पेश गरेको निति तथा कार्यक्रममा दमकल र शव वहान खरिद गर्ने जनाएको छ । शवहान तथा दमकल नगरपालिका भित्र निशुल्क गरिने गरि आउदो आर्थीक बर्षका लागि बजेट बिनियोजन गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले शवबाहनका लागि १३ लाख र दमकलका लागि ७० लाख बजेट बिनियोजन गरेको छ । गर्भवति महिलाहरुको निशुल्क गर्भपरिक्षण साथै असहाय र वेवारीसेको मृत्यु हुँदा तिनिहरुको दाहाँसंस्कार नगरपालिकाले गर्ने मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

एक एक उद्यमी बनाउने गरी कार्यक्रम अगाडि बढाउन वोयर जातको वाख्रा पालनका लागि नगरपालिकाले बिशेष प्राथमिक्ता दिएको छ । जसका लागि १ करोड २५ लाख नगरपालिकाले विनियोजन गरेको छ । बेलबारी ८ रइझारमा रहेको कयरखोलामा पक्की पुल निर्माण गर्नका लागि नगरपालिकाले आर्थिक बर्ष०७६/०७७ मा डिपिआर बनाई काम थाल्ने नगरशभामा पेश गरेको छ ।

बेलबारी १ मा २२ करोडको लागतमा ब्यापारीक क्पलेक्स निर्माण गरीने मेयर सुवेदीले बताए । नगरपालिकाले गरिव संग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।उक्त कार्यक्रमलाई नगरपालिकाले महत्वपुर्ण कार्यक्रममा रुपमा लिने गरेको छ ।

स्वास्थय चौकी नभएका वडामा आगामी बर्षमा कार्यालयको स्थपना गरीने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । होमस्टे संचालनका लागि बिज्ञहरु संग अन्तरक्रिर्या गरेर होमस्टे संचालन गर्ने नगरपालिकाको निति तथा कार्यक्रममा रहेको छ ।

लोहान्द्र चिस्याङ खाृलामा तटबन्धन , हुलाकी मार्ग कालो पत्रे गर्न, पेट्रोल खानिको उत्खन्न गर्न, शितभन्डार (कोल्डस्टोर) निर्माण गर्ने, कृषिलाई यन्त्रिकरण गर्दै उत्पादन र ब्यबसायिककरण गर्न निजि क्षेत्रको लागनिलाइ प्रोत्सान गर्न, खेलकुद विकासका लागि कभर्डहल तथा रंगशाला निर्माण गर्न प्रदेश तथा सघिय सरकारसंग नगरपालिकाले माग समेत गरेको छ । गत बर्ष ८० करोड ९२ लाख १४ हजार बजेट विनियोजन गरेको थियो ।

भित्र नगरसभा बाहिर गेटमा नाराजुलुस

भित्र नगरसभा चलिरहँदा बाहिर गेटमा भने नेपाली कांग्रेस समर्थकहरुले नगरपालिकाले वहुमतका वलमा आफूहरुका मागलाई वेवास्था गरेको, वाडाध्यक्षहरुको अधिकारला कटौति गर्न खोजेको जस्ता माग राखेर विरोध जुलुस गरेको थियो । सो विरोध जुलुसकलाई नेपाली कांग्रेसका बेलबाी नगर संयोजक शम्भू भट्टराईलगायतका नेताले संवोधन गरेका थिए ।