प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै

  • ३० असार २०७६, सोमबार

सुनसरीको धरानमा जारी प्रदेश न. १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबलाई हराउँदै बेलबारी फाईनल प्रवेश गरेको छ ।
आईतबार भएको खेलमा सुनसरीलाई २–१ गेलले हराउदै बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी फुटबल क्लबसँग २–१ ले स्तब्ध हुदै धरान प्रतियोगिताबाट बाहिरियो भने बेलबारी समुह ‘क’को विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गर्यो । बेलबारी कुल ६ अंकसहित समुह बिजेता बन्यो ।

बेलबारीको लागि पहिलो हाफको ४४ औं मिनेटमा मौषम सुब्बाले गोल गरेका थिए भने दोस्रो हाफको इञ्जुरी समयमा एनस मगरले गोल गरेका थिए ।

धरानको लागि ४८ औं मिनेटमा हिसुप थपलियाले एक गोल गरेपनि हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दि म्याच घोषित हुदै बेलबारीका सौरभ कार्कीले नगद ५ हजार र ट्रफी हात पारे ।

यस्तै, दोस्रो खेलमा इलामको रेडहर्ष क्लबलाई ३–१ गोलअन्तरले हराउदै सैनिक युथ क्लब झापा फाइनल प्रवेश गरेको छ । समुह बी को विजेता बन्दै फाइनल पुगेको झापाले मंगलबार उपाधिको लागि फाइनलमा मोरङको बेलबारी फुटबल क्लबको सामना गर्नेछ ।

समुह क को विजेता मोरङको बेलबारी र समुह बी को विजेता झापाको सैनिक युथ क्लबबीच मंगलबार धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा फाइनल खेल हुनेछ ।

फाइनल खेलको विजेता प्रदेश लिग च्याम्पियन हुदै नगद ५ लाख र ४ केजीको चाँदीको ट्रफी उचाल्नेछ भने दोस्रो हुने टिमले नगद ३ लाख हात पार्नेछ ।  च्याम्पियन टोली प्रेसिडेन्ट कप पनि खेल्ने अवसर पाउनेछ । प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिगमा अवसर पाउने आयोजक एन्फाले जनाएको छ ।