सुन्दरहरैंचा नगरपालिका पनि बन्यो पूर्ण खाेप सुनिश्चित नगर
- ३१ असार २०७६, मंगलवार
सुन्दरहरैंचा नगरपालिकाले एक कार्यक्रम गरेर नगरलाई पूर्ण खाेप सुनिश्चित नगर घाेषणा गरेकाे छ ।
नगरपालिकाकाे सभाहलमा सोमबार एक कार्यक्रम आयोजना गरेर नगरलाई पूर्ण खाेप सुनिश्चसत नगर घाेषणा गरिएको हाे ।
नगरपालिकाका शिवप्रसाद ढकालले व्यानरमा लेखिएका नारा पढेर नगर पूर्ण खाेप सुनिश्चितता भएकाे घाेषणा गरेका थिए ।
पूर्ण खाेप सुनिश्चता तथा सम्मान कार्यक्रमलाई सम्वाेधन गर्दै नगरपालिका प्रमुख शिवप्रसाद ढकालले नागरिककाे सेवाका अहाेरात्र खट्नुहुने महिला स्वास्थ्य स्वयम् सेविकाकाे उच्च मू्ल्याङ्कन गर्ने वताए ।
घाेषणा कार्यक्रममा उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशाशकीय अधिकृत गणेशप्रसाद दाहाल, स्वास्थ्य शाखा प्रमुख शिक्षा शाखा प्रमुख हरिहर घिमिरे लगायतकाले विदाई भएर जाने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई शुभकाकना मन्तव्य दिएका थिए ।
सो अबसरमा स्वास्थ्यकाे क्षेत्रमा लामाे समय
सेवा गर्ने विभिन्न महिलाहरुलाई सम्मान तथा विदाई समेत गरिएकाे थियाे ।