नेकपा बेलबारीमा व्यापक असन्तुष्टि, झण्डै अढाई सय संगठित सदस्यद्वारा जिल्लामा उजुरी  

  • १४ भाद्र २०७६, शनिबार

नेकपा  मोरङको नेतृत्वले एकलौटी ढगले नगर तथा वडा कमटी गठन गरेको भन्दै नेकपा बेलबारीको सन्तुष्ट पक्षले जिल्ला कमिटी समक्ष अहिले बनेका कमिटी खारेज गरेर नयाँ समिति पुनर्गठन गर्न माग गरेको छ ।
दुई सय ३६ जना संगठित सदस्यहरुले हस्ताक्षर गरेर जिल्ला कमिटिमा मोरङमा मागपत्र दर्ता गराएका छन् । जिल्ला कमिटी अध्यक्ष ऋषिकेस पोख्रेललाई भेट्न गएको र उनीसँग भेट नभए पछि कार्यालय सचिव भोला पैडललाई हाम्रा माग सहित उजुरी दिएर दर्ता गराएको पुर्व डागिहाट गाँउ कमिटीका उपाध्यक्ष सुजय गौतमले बताए । अध्यक्ष पोख्रेले म कार्यालयमा आएर हेर्छु निबेदन दर्ता गराएर जानुहोस भनेर फोनमा भनेपछि पहिलो चरणको आन्दोलन स्वरुप शुक्रबार जिल्ला कमिटीमा मागपत्र दिएको गौतमले बताए । ती माग जिल्ला कमिटीले सम्बोधन नगरे पाटी कार्यालयमा तालाबन्दी सहितका कार्यक्रम लिएर अगाडि बढ्ने उनले बताए ।
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी तथा जिल्ला अध्यक्ष पोख्रेल विच सवैलाई समेटेर लैजाने सहमति भएपनि एकलौटि ढंगले कमिटीहरु गठन हुन थालेपछि विरोध भएको बताइएको छ ।

संगठित सदस्य समेत नभएका ब्याक्तिहरु समेत वडा कमटिमा पर्न थालेपछि बेलबारीमा बिबाद उग्र बन्दै जान थालेको हो ।
पहिला जिम्मेवारीमा बसेका नेता तथा कार्यकर्ताहरु समेत कमिटीमा नअटाइएपछि पुराना नेताह असन्तुष्ट बन्दै गईरहेका छन् । पुर्व नगर कमिटीका अध्यक्ष समेत रहेका कमल कोइरालले भने – “पार्टी संगठन बनाउन भन्दा पनि गुटको राजनिति गर्न अहिलेको नेतृत्व अग्रसर देेेेेखिएको र यसको परिणाम पनि उहाँहरुले नै भोग्नु हुन्छ । ”
बेलबारीका अध्यक्ष पुर्व माओवादिका पर्शुराम सुवेदी छन् भने सचिव पुर्व एमालेका रविन थापा रहेका छन् ।
पार्टी  एकता हुँदा देशकै मुहार फेरिन्छ भन्ने धेरैले महसुस गरेका थिए, पुर्व एमालेका जिल्ल सदस्य तथा मोरङ क्षेत्र नम्बर ३का सह ईन्चार्ज समेत रहेका राजेश बस्नेतले भने अहिले सल्लाह सुझाव बिनानै संगठन विस्तार हुन थालेकोले नेकपा कता जादै छ भनेर सहजै मुल्याकन गर्न सकिन्छ ।